किन स्थगन भयो स्ववियु निर्वाचन ?

१७ जेष्ठ २०७०, शुक्रबार ०६:५८ मा प्रकाशित

काठमाडौं, १७ जेठ । विद्यार्थी संगठनहरुबीच विवाद, क्याम्पसहरूमा तालाबन्दी र झडप हुन थालेपछि त्रिभुवन विश्वविद्यालय पदाधिकारी वैठकले आगामी २३ गते हुने भनिएको स्ववियु निर्वाचन स्थगन गरेको छ । .विवादपछि विद्यार्थी संगठनबाट भएको भौतिक आक्रमण र मानसिक दवावले असुरक्षित महसुस गरेर त्रिवि केन्द्रीय क्याम्पससहितका केही क्याम्पसका निर्वाचन समितिले राजिनामा दिएका र अझै अनिष्ठको सम्भावना बढेकोले चुनाव स्थगनको निर्णय लिनुपरेको सम्वद्ध स्रोतले जनाएको छ । त्रिवि उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख सहितको वैठकले ‘चुनावी वातावरण प्रतिकुल भएको’ निर्णय लिएको थियो ।
स्थगनको घोषणा गर्नुअघि त्रिवि उपकुलपति हीराबहादुर महर्जनले त्रिवि पदाधिकारी राखेर चार विद्यार्थी संगठनसित विहीवार छलफल गरेका थिए । छलफलमा ‘चुनावकेन्द्रीत विवादमा विद्यार्थी संगठनले आपसमा सहमति नगरे’ त्रिविले जबरजस्ती चुनाव स्थगन गर्न बाध्य हुने बताएका थिए भने  नेकपा(माओवादी पक्षधर आखिल क्रान्तिकारीले चुनावी प्रयोजनका लागि गरिएका विद्यार्थी भर्ना खारेज गर्न नसके विश्वविद्यलायले उनीहरुलाई मतदानको अधिकार दिन नहुने अडान राखेको थियो । उक्त अडानप्रति एमाओवादी अखिल क्रान्तिकारीले विमती जनाएपछि चुनावको वातावरण बिग्रेको हो । एमाओवादी पक्षको अखिल क्रान्तिकारीले त्रिविले तोकेको समयसीमामै भर्ना भएकाले उनीहरुको मताधिकार सुरक्षित गर्नुपर्ने बताएको थियो । विवादमा आएका क्याम्पसमा छानविन समिति गठन गरेर भए पनि तोकिएकै मितिमा चुनाव गर्नुपर्नेमा उसको जोड थियो ।
एमाओवादी अखिल क्रान्तिकारीले क्रान्तिकारीको बन्द विरुद्ध हिमाल शर्मा नेतृत्वको क्रान्तिकारीले देशभरका क्याम्पसमा तालाबन्दी गरेपछि वातावरण विग्रदै गएको हो । उसले त्रिवि पदाधिकारीलाई केही दिन अघि ज्ञापन बुझाएर ‘तत्काल चुनावी वातावरण नबनाए आन्दोलनको चेतावनी’ दिएको थियो ।
स्मरण रहोस्, चुनावका लागि पर्चा, पम्प्लेट, मोबाइलमा रिंग ब्याक टोन, कार्यकर्तालाई खानपान लगायतमा विद्यार्थी संगठनले दैनिक हजारौं रुपैया खर्चिसकेका छन् भने पाँच वर्षपछि हुन लागेको स्ववियु निर्वाचनको अर्को तिथिको कुनै टुंगो लगाइएको छैन । मुलुककै मिनि निर्वाचनका रुपमा हेरिएको विद्यार्थी चुनाव स्थगन भएबाट आगामी संविधानसभाको निर्वाचन पनि अनिश्चित बन्न पुगेको एकथरीले विश्लेषण गर्न थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न