हङकङे साहित्यकारहरुको तेह्रौं मासिक श्रृंखला सम्पन्न

१७ जेष्ठ २०७०, शुक्रबार ०४:१७ मा प्रकाशित

टोप बहादुर याक्खा, हङकङ । विगतमा झैं हङकङबासी साहित्यकार एवं साहित्यनुरागी महानुभावहरुको बाकुलो उपस्थिति बीच हङकङ नेपाली महासंघको कार्यालयमा “हङकङ साहित्यिक साझा श्रृंखला” को तेह्रौं श्रृंखला सम्पन्न भयो । नव संयोजक श्री टोप बहादुर याक्खालाई श्वागत तथा एक वर्षे आफ्नो कार्यकालमा कुशल कार्यभार सम्हालेर गत महिना विदाई हुनु भएका निवर्तमान संयोजक श्री चन्द्र मादेन “आन्छान” लाई धन्यवाद ज्ञापन गर्दै शुरु भएको उक्त कार्यक्रममा कवि तथा साहित्यकारहरु श्री नरेश सुनुवार, श्री राज कुमार राई, श्री दाजु गुरुङ, श्री प्रेम कुमार कोरङ्गी, श्री चन्द्र मादेन आन्छान, श्री त्रिभुवन लुङफुङवा, श्री सन्तोष याक्खा, सुश्री पुर्णिमा शाह, श्री बल्लभ रोका, श्री विष्णु इङनाम, श्री हेम थापा, श्री मेख बहादुर आले, श्री हस्त लिवाङ, श्री टोप बहादुर याक्खा आदिको उपस्थिति रहेको थियो भने विशेष अतिथिको रुपमा नेपालबाट काम विशेषले पाल्नु भएका चर्चित गीतकार एवं कवि श्री रमेश अधिकारी र गीतकार, संगितकार एवं गायक श्री ओम शंकर कर्माचार्यको समेत उपस्थिति रहेको थियो ।

यसै साझा श्रृंखला मार्फत निकट भविश्यमै हङकङबासी सम्पूर्ण साहित्यकारहरुको सृजनालाई समावेश गरेर एउटा “स्मारिका” प्रकाशन गर्ने, पारिजातद्धारा लिखित चर्चित उपन्यास “शिरिषको फूल” को कथामा आधारित नेपाली चलचित्र “शिरिषको फूल” प्रदर्शन लगायतका विविध साहित्यिक विषयमा छलफल तथा निर्णय संगै विशेष अतिथिद्धय श्री रमेश अधिकारी तथा श्री ओम शंकर कर्माचार्यले कविता वाचन तथा गीत गाएर सुनाउनु भएको थियो । यस्तैगरि सुश्री पुर्णिमा शाह, श्री हेम थापा, श्री मेख बहादुर आले, श्री दाजु गुरुङ, श्री बल्लभ रोका, श्री चन्द्र मादेन, श्री टोप बहादुर याक्खा आदिले समेत कविता तथा गजल वाचन गरेर सुनाउनु भएको थियो ।

अन्त्यमा अतिथिद्धय श्री रमेश अधिकारी, श्री ओम शंकर कर्माचार्य लगायत श्री राज कुमार राई, श्री नरेश सुनुवार, श्री दाजु गुरुङ, श्री प्रेम कुमार कोरङ्गी आदिले वाचित सम्पूर्ण सृजनाहरुको खुलेर प्रशंसा गर्दै समग्र कार्यक्रमको बारेमा समेत समिक्षा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा

वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत