सरोकार पक्षलाई छक्याउँदै शप्तकोशीको बहाव पश्चिमतर्फ

१६ जेष्ठ २०७०, बिहीबार २२:०६ मा प्रकाशित

काठमाडौं, १६ जेठ । भारतले एकतर्फी रुपमा सप्तकोशी नदिको बहाब पश्चिमतर्फ फर्काएको भन्दै उदयपुर र सप्तरीका स्थानियबासीले बिरोध गरेका छन् । ती दुबै जिल्लावासीको विरोधलाई छल्दै भारतले सप्तकोशीको बहाव पश्चिमतर्फ फर्काको बताइउको छ ।
उदयपुरको रामपुर ठोक्सीला स्थित डुम्रीबोटेबाट सिसौलिसम्म तीन हजार सात सय ८० मिटर लामो, दुई मिटर गहिरो र ८० मिटर चौडा पाईलट च्यानलमार्फत भारतिय पक्षले कोशीको बहाब पश्चिमतर्फ फर्काएको हो । भारतिय उच्च प्राविधिक टोली र नेपाली तथा भारतिय पत्रकार समेतको उपस्थितिमा च्यानलमा पानी खोलिएको हो । नदिको बहाब पश्चिम धकेलिँदा सुनसरीको बराह क्षेत्रस्थित पुण्डेगौडा क्षेत्र सुरक्षित हुने भारतिय पक्षले दावी गरेको छ । यस्तै, स्पर नम्बर ९, १२, १३, लगायत बढी कटान भईरहेका क्षेत्र र उदयपुरको मैनामनी तथा पुण्ठेगौडाका वस्ती पनि अब सुरक्षित हुने भारतिय पक्षले जनाएको छ ।
२०६५ सालमा सप्तकोसी नदीले पश्चिम कुशाहा–४ बाट पूर्वी तटबन्ध भत्काएर सुनसरी र भारतको विहार जलमग्न पार्दादेखि नै नेपाल सरकारले उच्च जोखिम क्षेत्र भनेर पहिचान गरेको पुण्ठेगौडा क्षेत्र बर्षेनि उच्च जोखिममा रहँदै आएको छ ।
भारतको बिहार सरकारअन्तर्गत जल संसाधन विभागले च्यानल निर्माणका लागि १९ करोड २० लाख रुपैया लगानी गरेको जानाइएको छ। गत मार्च १७ बाट च्यानल निर्माणको काम सुरु गरेको भारतिय उच्च प्राविधिक टोलीले दुई महिना १० दिनमै पानीको बहाब पश्चिम फर्काएको हो । यसअघि स्थानीय बासीन्दाले पाइलट च्यानल बनाएर पानी पश्चिम फकाईए कोशीले उदयपुर र सप्तरीको ठूलो भूभाग बगाउने भन्दै च्यानल निर्माणमा अवरोध गरेका थिए । पानीको बहाव पश्चिम फर्किए उदयपुरको रामपुर ठोक्शिला, तपेश्वरी र सप्तरीको बोची, कमलपुर लगायत अधिकांस पूर्वी गाविसहरु डुबानमा पर्ने स्थानियको दावी छ । यस्तै, कोशीको बहाव पश्चिम फर्काइए कोशी पश्चिम रहेको सुनसरीको महेन्द्रनगर गाविसको श्रिलंका र चिलियाटापुका १५ हजार बढी पुराना कोशी पिडित बसोबास गरिरहेको क्षेत्र पनि जोखिममा पर्ने बताईन्छ । क्षतिपूर्ति सहित मुअब्जाको दावी गर्दै आएका पुराना पिडितहरुले पुनः पिडित बनाउने गरि कोशी फर्काइएको प्रतिक्रिया दिएका छन् । सप्तकोशी डुबान कटान बाढी पिडित संघर्ष समितिका सचिव बाबुराम कार्कीले भारतले पुराना कोशी पिडितलाई नै उठाउने गरि च्यानललाई पश्चिम फर्काएको भन्दै आपत्ति जनाए । भारतिय तथा नेपाली पक्षले पिडितलाई राहत दिन समेत आलटाल गरिरहेको र पुनः पिडित बनाउन खोजेको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेतृ रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा विप्लवसँग भएको

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै