बिहिबार सहमति हुने खनालको दाबी

१६ जेष्ठ २०७०, बिहीबार १३:३२ मा प्रकाशित

काठमाडौं, १६ जेठ । एमाले अध्यक्ष झलनाथ खनालले बिहिबार बस्ने उच्चस्तरीय राजनीतिक समितिले निर्वाचनको मिति तय गर्ने बताएका छन् । समितिका संयोजक खनालले चाँडै विवादित विषयहरूमा सहमति जुटाएर निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिए । दलका नेताहरुले पटक पटक निर्वाचनको तिथिबारे भविष्यवाणी गर्दै आए पनि मिति तोक्ने काम भने अन्योलमा पर्दै आएको छ । स्मरण रहोस् गत मंगलबार एमाओवादी अध्यक्ष प्रचण्डले पनि बुधबारकै गणतन्त्र दिवसको अवसर पारेर सरकारले चुनावको मिति सार्वजनिक गर्ने दाबी गरेका थिए । तर, बुधबार पनि मिति तोकिएन ।
अध्यक्ष खनालले प्रस्तावित निर्वाचन अध्यादेशमा थ्रेस होल्ड, उम्मेदवार मनोनयन गर्दा आफूविरुद्धको अभियोग र सम्पत्ति स्वघोषणा गर्ने व्यवस्थाप्रति दलहरूबीच सहमति हुन नसकेको स्वीकार गर्दै यसमा चाँडै सहमति हुने आशा दर्शाए ।
स्मरण रहोस्, प्रधान्यायाधीश पदबाट अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले राजीनामा दिनुपर्ने प्रस्ताव कांग्रेस सभापति सुशील कोइरालाले गरेपछि दलहरू झन् उल्झनमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि