असारमा आउने बजेट पपुलिस्ट नहुने अर्थमन्त्रीको कथन

१६ जेष्ठ २०७०, बिहीबार १२:५८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १६ जेठ । अर्थमन्त्री शंकर कोइरालाले असारको अन्तिम साता पुर्णआकारको बजेट आउने बताएका छन् । असारमा बजेट आउनेमा आश्वस्त पार्दै उनले तर त्यो बजेट राजनितिक दलहरुले ल्याउने जस्तो पपुलिस्ट भने नहुने बताए । आन्तिरिक राजश्व कार्यलय भैरहवाको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री कोइरालाले असारको अन्तिम साता बजेट ल्याउने तयारीमा सरकार जोडतोडले लागेको उल्लेख गर्दै बजेटमा उर्जालाई बिशेष प्राथामिकता दिएको बताउँदै देशको मुख्य एजेन्डा नै बजेट भएकोले सरकारले बजेटलाई विकासको मेरुदन्डको रुपमा रहेको बताएका छन् ।  रुपन्देहीमा रहेको गौतमबुद्ध विमानस्थल छिट्टै निर्माण गर्न सुरु गरिने बताउँदै राष्ट्रिय रुपमा पहिलेदेखि सुरु हुन थालेको कार्य बजेटको अभावमा  नरोकिने बताए ।  रुपन्देहीमा सञ्चालित क्रसरले राष्ट्रिय रुपमा चर्चित समस्या भएकाले राजनीतिक  दलहरुसँग छलफल गरि नीति बनाएर छिटो सञ्चालनमा ल्याउने अर्थमन्त्रीले जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

‘प्रथम छहरे (लिखु) महोत्सवको उद्घाटन समारोहमा हेलिकोप्टर मार्फत पुष्पगुञ्जा अर्पण गरिंदै । महोत्सव आगामी २२ गतेसम्म चल्ने आयोजक लिखु गाउँपालिकाले

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली