
रुपन्देही, १६ जेठ । एमालेमा नेताहरुले पार्टी परित्याग गर्ने क्रमसँगै गुल्मीमा पनि नेकपा एमाले का पुर्वसभासद् टंक पोख्रेलले एमाले परित्याग गरेका छन् । नेता टंक पोख्रेलले एमालेमा गुटगत रवैया देखापरेको र सैद्धान्तिक विचलन हुँदै गएकोले यस्ले कम्युनिष्टको नेतृत्व गर्नै नसक्ने आफूलाई लागेकोले एमाले परित्याग गरेको बताए । उनी ४५ बर्षदेखि कम्युनिष्ट पार्टीमा सक्रिय भएका इमान्दार नेताका रुपमा परिचित छन । नेकपा एमालेको तर्फबाट २०५१ मा गुल्मी क्षेत्र नं ३ बाट सांसद चुनिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा
काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न
रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा
ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।