पश्चिमका जिल्लामा पेट्रोल अभाव

१६ जेष्ठ २०७०, बिहीबार १२:५० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १६ जेठ । भारतबाट नियमित पेट्रोल नआएकाले बजारमा अभाव भएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारीले बताएको छ । आयल निगम भलवारीका प्रमुख नागेन्द्र कुर्मीका अनुसार, बैतालपुर डिपो प्रमुखले बरौनी रिफाइनरी प्लान्टमा समस्या आई दुई दिन पेट्रोल नआएकोले नियमित आपूर्ति हुन नसकेको बताए । दुई दिन वितरण बन्द हुँदाको समस्या सातासम्म परेको कुर्मीले बताए  ।
आयल निगम भलवारीबाट लुम्विनीका ६ जिल्लासहित प्युठान, दाङ र स्याङ्जा गरी नौ जिल्लामा पेट्रोलियम पदार्थ वितरण गर्दै आएको छ । यस क्षेत्रमा दैनिक नौ ट्याङकर पेट्रोल आवश्यक छ ।  सातादेखि दैनिक औषत चार टयाङ्कर मात्रै आएको छ । भारतबाट आएको न्युन पेट्रोल पालैपालो पम्पहरुलाई दिइएको आयल निगम भलवारीका प्रमुख कुर्मीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिर्जभ (फेड) ले औसत ब्याजदर वृद्धि गर्ने प्रक्रिया अघि सारेको छ । पत्रकारहरुसँग संवाद गर्दै फेडका

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

जलेश्वर । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब ५७ करोड १६ लाख १८

काठमाडौँ । भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सुरुवात गरेका छन् । ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका