सडक निर्माणले खानेपानीको समस्या

१६ जेष्ठ २०७०, बिहीबार १२:४७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १६ जेठ । डोजरले मोटर बाटो खन्दा पाइप लाइन काटिदिएपछि अर्घाखाँची जिल्लाका तीन गाविसमा खानेपानीको हाकाहार भएको छ  ।
एक साताअघि सदरमुकामदेखि खनदह डडाकटेरी जोड्ने मोटरबाटो निर्माणको क्रममा  सदरमुकाम सन्धिखर्क वार्ड नं. ४ मा पाइप लाइन काटिदिँदा सन्धिखर्कको वार्ड नं. ४ र ५, सदरमुकाम सँगै जोडिएका दुई गाविसहरु वाङ्गला र डिर्भना गाविसमा खानेपानीको हाकाहार मच्चिएको हो । तीन गाविसका करिव १२ सय घरधुरीले खानेपानीको समस्या खेपिहेको स्थानीय शोभाखर पन्थीले जानकारी दिनु भयो । गर्मिको बेला समस्या भएको स्थानियले बताएका छन् । खानेपानी संस्थानले भने केही दिन लाग्ने बताएको छ  ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको