स्ववियु निर्वाचनको बिरोधमा पूर्वी जिल्ला बन्द !

१६ जेष्ठ २०७०, बिहीबार ०९:३९ मा प्रकाशित

काठमाडौं, १६ जेठ । स्ववियु निर्वाचनको विरोध गर्दै लिम्बुवान संगठनसम्बद्ध विद्यार्थी युनियनहरुले पूर्वमा बन्द आह्वान गरेका छन् । स्वबियु चुनाव पूर्णसमानुपातिक आधारमा नगरिएको भन्दै लिम्बुवानका विद्यार्थी संगठनहरुले विरोध गरेका हुन् । आगामी जेठ २३ गते मुलुकभरका क्याम्पसमा गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियन चुनावको विरोध गर्दै आयोजना गरिएको बन्द कार्यक्रमले पूर्वको जनजीवन ठप्प तुल्याएको छ । बन्दका कारण लामो दूरीका दिवा तथा छोटो दूरीका साधन चल्न नसकेको बताइएको छ ।
अरुणपूर्वका ९ वटा जिल्लामा यातायातका साधन चलेका छैनन् । बन्दले यातायात नचल्दा ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, सुनसरी, झापा, भोजपुरलगायत जिल्लाका सर्वसाधारण गन्तव्य पुग्न पाएका छैनन् । मेची र कोसी राजमार्ग तथा पूर्वपश्चिम राजमार्गको इटहरी पूर्वको क्षेत्रमा पनि सवारी आवागमन ठप्प रहेको जनाइएको छ ।
समानुपातिक आधारमा चुनाव नगरिए स्ववियु निर्वाचन बहिष्कार गर्ने चेतावनी दिंदै आएका ती संगठनले  धनकुटा, इलाम, मोरङलगायत जिल्लाका विभिन्न क्याम्पसहरुमा यसअघि तालाबन्दी गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो

जापानी अर्बपति युसाकु मेजावाले चन्द्रमा भ्रमण गर्नका लागि आठ जना सर्वसाधारणको खोजी गरिरहेका छन् । मेजावाले आफ्नो ट्वीटर अकाउन्ट मार्फत

काठमाडौं । नेपाल कम्युनिष्ट विप्लव समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । विप्लव समूहसँग वार्ता सुरु