स्याउला र ढुंगामा पुरिएकी नवजात शिशु जिवितै

१६ जेष्ठ २०७०, बिहीबार ०८:३५ मा प्रकाशित

काठमाडौं, १६ जेठ । शिशु जन्माएर जिवितै पुर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना पाँचथरको हो । पाँचथर एकतिन ५ की झुना गुरागाँईलाई सो अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
पर पुरुषसँगको यौन सम्पर्क पछि जन्मेकी बालिकालाई गुरागाँईले गत मंगलवार राती सुभाङ्क ९ स्थित एक पुरानो घरमा छोरी जन्माएर नजिकैको खोल्सामा पुरेको भेटिएको पाँचथ।र प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार बिहानै ५ बजेतिर स्थानीयले खोल्सामा बालिका रोइरहेको सुनेपछि हेर्दा शरिरमा स्याउला र ढुंगाले किचेको अवस्थामा भेटेपछि बालिकाको उद्वारपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि स्थानीय र प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दा गुरागाँईले बालिका जन्माएर पुरेको तथ्य खुलेपछि उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार गुरागाँई दुई साता अघि एकतिन ५ स्थित घरबाट सुभाङ्ग ९मा रहेका दिदी भिनाजुको घरमा पाहुना लाग्न गएकी थिइन् । आफ्नो गाउँघरमा सुत्केरी हुँदा पोल खुल्ने डरले उनी दिदीभिनाजुकहाँ गएकी हुनसक्ने अनुमान लगाइएको छ । दुईसातादेखि दिदी भिनाजुकहाँ बस्दै आएकी उनले ब्यथा लागेपछि नजिकै मान्छेले छोडेको घरमा गई त्यहि बच्चा जन्माएर ढुंगा र स्याउलाले छोपेको उनले प्रहरी समक्ष बताएको बताइएको छ । उद्वार गरिएकी बालिकालाई भने उपचारार्थ पाँचथर जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस