ड्रोन हमलामा तालिवानी कमाण्डरको मृत्यु

१६ जेष्ठ २०७०, बिहीबार ०८:१९ मा प्रकाशित

एजेन्सी । अमेरिकी ड्रोन हमलामा एक पाकिस्तानी तालिवानको शीर्ष कमाण्डरको मृत्यु भएको दाबी गरिएको छ । विश्वस्त तालिवानी सूत्रलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार पाकिस्तानी तालिवानका दोस्रो ठूलो नेता वली–उर रहमानको आक्रमणमा परि मृत्यु भएको हो । बुधबार बिहान उत्तरपश्चिमी पाकिस्तानको मिरानशाह इलाकामा भएको हमलापछि एक पाकिस्तानी सुरक्षा अधिकारीले पनि ड्रोन हमलामा मारिएकाहरुमध्ये एक व्यक्ति तालीवानी कमाण्डर भएको पुष्टि गरेका थिए ।
अमेरिकी सरकारले वली–उर रहमानलाई पक्रन सघाउनेलाई पचास लाख डलरको इनाम घोषणा गरेको थियो । रहमानमाथि अफगानिस्तानमा भएको अमेरिकी सैनिकमाथि हमला गराएको आरोप लागेको थियो । यस्तै सन् २००९ मा एक अमेरिकी बेसमा भएको हमला पनि रहमानले नै गराएको बताइएको थियो । त्यसबेला अमेरिकी गुप्तचरका सात एजेन्ट मारिएका थिए । रहमान मारिएको पुष्टि हुन केही समय लाग्ने बताइउको छ भने उनको मृत्यु अमेरिकाका लागि उपलब्धिको विषय हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

सिड्नी । अस्ट्रेलियाको औषधि नियामक निकायले १६ र १७ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोभिडविरुद्ध बुस्टर डोज दिन अनुमति दिएको

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल कंग्रेस आई पार्टीका नेता राहुल गान्धीले ट्विटरका फलोरअर्स घटेको भन्दै ट्विटर इन्कका सीइओसमक्ष