‘थ्रेस होल्ड’ छोड्न मिल्दैन : माधव नेपाल

१६ जेष्ठ २०७०, बिहीबार ०७:०५ मा प्रकाशित

काठमाडौं, १६ जेठ । थ्रेस होल्डको विवादले निर्वाचनको मिति घोषणा गर्ने काम नै विथोलिएको परिवेशबीच नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी संविधानसभा निर्वाचनमा थ्रेसहोल्डको प्रावधान राख्नैपर्ने धारणा अघिसारेका छन् । तनहुँको भिमादमा बुधबार आयोजित पार्टीको कार्यक्रममा बोल्दै नेता नेपालले संसारभर भएको व्यवस्थालाई नेपालले मात्र उपेक्षा गर्न नमिल्ने बताए ।
आफ्नो पार्टी निर्वाचन, समावेशीतालगायतका विषयमा दलहरूबीच यसअघि भएका सहमतिबाट पछि नहट्ने उल्लेख गर्दै नेता नेपालले एमाओवादी पार्टीले सहमति तोड्दै आफूखुशी कुरा गरेर राजनीतिक वातावरण बिथोल्ने काम गर्दै आएको आरोप लगाए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विगतमा भएका सहमति कार्यान्वयन नगर्दा समस्या देखिएको प्रस्ट्याउन उनले विशेष प्रयत्न गरे । नेता नेपालले निर्वाचनका लागि आफ्नो पार्टीले पूर्व शर्त नराखेको बताउँदै असन्तुष्ट दलहरूलाई मिलाएर लानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट