प्रेमिकाले आत्महत्या गरेपछि चार तल्लामाथिबाट फाल हाने प्रेमी

१६ जेष्ठ २०७०, बिहीबार ०६:४८ मा प्रकाशित

काठमाडौं, १६ जेठ । हनुमानढोकास्थित महानगरीय प्रहरी अपराध महाशाखाको छतबाट फाल हानेर एक युवक घाइते भएका छन् । एक अभियोगमा सोधपुछका लागि हिरासतमा लिइएका २० वर्षीय सञ्जय शाही प्रहरी कार्यालयको चार तलामाथिबाट फाल हान्दा घाइते भएका हुन् । काठमाडौंकै एक किशोरीले आत्महत्या गरेको विषयमा नाम जोडिएपछि प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको थियो । प्रहरी हिरासतमै रहेको अवस्थामा त्यहाँबाट उम्किने अभिप्रायले शाही छतबाट फाल हानेर भाग्ने कोशिस गर्दा घटना घटेको प्रहरीले जनाएको छ ।
बताइएअनुसार काठमाडौं भीमसेनस्थान बस्ने रामेछापकी १७ वर्षीया सरिता तामाङ कोठामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा बुधबार बिहान फेला परेकी र घटनाबारे प्रहरीले अनुसन्धानका क्रममा मृतकको कोठामा खोजतलास गर्दा सरिताको डायरीमा सञ्जयको नाम देखेपछि सोधपुछका लागि प्रहरीले हनुमानढोका बोलाएको थियो । चौथो तलामा रहेको ज्यानसम्बन्धी मुद्दा हेर्ने कोठामा राखेर बयान सकिएपछि अभिभावकको जिम्मा लगाएर पठाउन लाग्दा उनी छतबाट अकस्मात् हामफालेको प्रहरीको कथन छ । फाल हानेका शाही तल कम्पाउण्डमा पार्किङमा गरी राखेको बा५च ६५३९ नम्बरको गाडी माथि बज्रिएका थिए । उनको एउटा खुट्टा भाँचिएको छ ।
मृतक तामाङसँगको सम्बन्धबारे सोध्दा शाहीले ६ महिनादेखि प्रेम सम्बन्ध भएको बताएका थिए । आफ्नो गाँजा खाने बानीलाई लिएर तामाङ दिक्क हुने गरेको शाहीले प्रहरीसमक्ष खुलासा गरेका थिए। प्रेमिकाले आत्महत्या गरेपछि आफू पनि मर्न खोजेको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस