नातीका निम्ति बुहारीलाई ७५ लाखको प्रलोभन दिएकोप्रति प्रचण्डले दिए स्पष्टिकरण

१६ जेष्ठ २०७०, बिहीबार ०६:१५ मा प्रकाशित

काठमाडौं, १६ जेठ । एमाओवादी अध्यक्ष प्रचण्डले बुहारीको माइतीघरबाट आफ्नो नाती फर्काउन बुहारी सिर्जना त्रिपाठीसँग आफूले ७५ लाख रुपैँयाको अफर नगरेको दाबी गरेका छन् । बुधबार प्रकाशित हुने एक साप्ताहिकले  ‘प्रचण्ड र सीतालाई नातिको पीर’ भन्ने शीर्षक दिएर परिवारसँग रुष्ट बुहारीबाट आफ्नै नाती फर्काउन एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले ७५ लाख रुपियाँ दिने प्रस्ताव गरेको समाचार प्रकाशित गरेको थियो । सो समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै प्रचण्डले निजी सचिव चूणामणि खड्काद्वारा खण्डन विज्ञप्ति प्रकाशित गर्न लगाई बुहारीलाई प्रलोभन नदिएको दाबी गरेका हुन् ।
प्रचण्ड पुत्र प्रकाशकी दोस्री पत्नीतर्फका नाति प्रसिद्धलाई फर्काउनका लागि बुहारी सिर्जनासँग दाहालले ७५ लाख रुपियाँको प्रस्ताव गरेको, प्रचण्ड पटक पटक हेम्जास्थित सिर्जनाको माइतीघर धाउने गरेको कुरा विगत केही महिनादेखि समाचारको विषय बन्दै आएको परिवेशबीच प्रचण्डका तर्फबाट यस्तो खण्डन आएको हो । विज्ञिप्तिमा ‘एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डका तर्फबाट सिर्जना त्रिपाठीको परिवारलाई नाति फिर्ता गर्ने सर्तमा ७५ लाख दिने प्रस्ताव गरिएको भन्ने समाचारमा कुनै सत्यता नभएको उल्लेख छ । जारी प्रष्टीकरण विज्ञप्तिमा भनिएको छ, ‘नाति फिर्ता गर्ने सर्तमा ७५ लाख दिने प्रस्ताव गरिएको भन्ने समाचारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छौँ ।’
प्रकाशले तेस्री श्रीमतीका रूपमा बिना मगरलाई लिएर भारततिर गए पनि सिर्जना लाजिम्पाटस्थित निवासमै बस्दै आएकी थिइन् । तर, पछिल्लो समय सिर्जना छोरा लिएर कास्कीस्थित माइतीमा बस्दै आएकी छिन् भने प्रकाश प्रचण्डको नीजि सचिवालय चलाएर निवासमै रहँदै आएका भए पनि साँझ भने ललितपुरमा गौप्य तवरले राखिएकी वीना मगरको कोठामा बास बस्न पुग्ने गरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि