सिन्धुपाल्चोकमा बस दुर्घटना, बाह्रको मृत्यु २५ घाइते

१५ जेष्ठ २०७०, बुधबार १२:४२ मा प्रकाशित

काठमाडौं, १५ जेठ । सिन्धुपाल्चोकमा आज बिहान भएको बस दुर्घटनामा एक दर्जन यात्रुको मृत्यु भएको छ भने कम्तिमा २५ यात्रु घाइते भएका छन्। सिन्धुपाल्चोकको चिलाउनेखर्कमा भोताङबाट काठमाडौं आउँदै गरेको बा२ख ३६४५ नम्बरको यात्रुबस बिहान सवा नौ बजेतरि सडकबाट सय मिटर तल खसेको बताइएको छ । चिलाउनेखर्क सिन्धुपाल्चोकको थाङपालकोट र थाङपालधाप गाविसको सीमा क्षेत्रमा पर्दछ ।
घटना स्थलबाट दश मृतकको शव निकालिसकिएको र मृतकको सनाखत हुन सकेको छैन । मृतकको संख्या अझै बढ्नसक्ने प्रहरीले जनाएको छ । बसमा करिब ७० यात्रु रहेको स्थानीयको अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन