एक लिटरले १ सय ११ किमि चल्ने किफायती कार

१५ जेष्ठ २०७०, बुधबार ०८:०८ मा प्रकाशित

एजेन्सी । एक लिटर डिजलबाट एक सय एघार किलोमिटरको सवारी । यो सुन्दा कुनचाहिँ सवारीप्रेमीको ध्यान नखिचिएला र ? हो, भक्सवागन नामक गाडी निर्माता कम्पनीले यही गुण भएको निर्माण गरेको छ । एक साथ दुई यात्रु सवार गर्न सकिने उक्त हाइ ब्रिड कारमा २७ हर्सपावरको इलेक्ट्रिक इञ्जिनका अलावा दुई सिलिण्डरको डिजेल इञ्जिनसमेत जडान गरिएको छ जसको शक्ति ४७ वीएचपी रहेको कम्पनीको दाबी छ । सातवटा गियर रहेको यस कारमा कम फ्युलबाट ज्यादा माइलेज हासिल गर्नका लागि एयरोडाइनामिक डिजाइन गरिएको छ । हल्का तुल्याउनका लागि यसको वडीमा कार्वन फाइबरको प्रयोग गरिएको छ जसले गर्दा कारको कूल तौल जम्मा ८ सय केजी मात्र रहेको छ । पहिलो खेपमा दुई सय पचारसवटा मात्र उत्पादन गरी जर्मन उपभोक्तामाझ पु¥याइन लागेको यो कार एसियाली बजारमा कहिलेसम्ममा आइपुग्ने हो, त्यो भने निर्माता कम्पनीले खुलाएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले बढ्दो आपराधिक क्रियाकलाप रोक्न कडा कारबाहीको व्यवस्थासहितको साइबर सुरक्षा ऐन/नियम बनाएर त्यसको प्रभावकारी कार्यान्वय गर्नुपर्ने

काठमाडाैँ । एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल

काठमाडौँ।तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल दुई करोड ७७ लाख ६