शान्ति र आर्थिक विकासलाई ध्यान दिएको छुः प्रधानमन्त्री

२४ चैत्र २०६८, शुक्रबार १८:२३ मा प्रकाशित

काठमाडौं, २४ गते । प्रधानमन्त्री बाबुराम भट्टराईले आफूले जिम्मेवारी सम्हाले देखिनै शान्ति–प्रक्रियालाई टुंगोमा पुयाराउने र आर्थिक गतिविधिलाई तिब्रता दिने काम एकै साथ अघि बढाएको बताउन भएको छ ।
राजधानीमा आज नेपाल उद्योग वाणिज्य महासंघको छ्यालिसौं वार्षिक साधारण सभामा भट्टराईले बिगत छ महिनादेखि बल्झिएर रहेको शान्ति प्रक्रियाका काममा काम फत्ते गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘शान्ति–प्रक्रियाका अन्तिम केहि कडीहरु आगामी केहि दिनमै पुरा हुने छन् ।’
निर्धारित समयभित्रै आम जनताको चाहना बमोजिमको संघीय गणतान्त्रिक संविधान जारी गर्ने भन्दै प्रधानमन्त्री भट्टराईले सरकारले संविधानसभालाई संविधान तर्जुमा सम्पन्न गर्न आवश्यक जुनसुकै सहयोग गर्ने बताउनुभयो । उहाँले जेठ १४ सम्म शान्ति र संविधान निर्माणका काम पूरा गर्ने भन्दै देश आर्थिक निर्माणको अभियानमा केन्द्रित हुने बताउनुभयो ।
निजी क्षेत्र, सहकारी र समुदायको सक्रियता उत्तिकै आवश्यक हुने बताउनुभएका भट्टराईले सहकारी र समुदायको उर्जालाई लाभदायी आर्थिक उपार्जनमा रुपान्तरण गर्न निजी क्षेत्रको अहम भूमिका रहने बताउनुभयो ।
लगानी–मैत्री वातावरण निर्माण गर्न सरकारले जोड दिएको स्मरण गराउदै प्रधानमन्त्री भट्टराईले उच्चस्तरीय लगानी वोर्डको गठन र त्यसका पछिल्ला सक्रियता त्यसैका उदाहरण रहेको बताउनुभयो । उहाँले नेपालमा आवश्यक पर्ने विदेशी लगानी भित्रने क्रमपनि सुरु भएको भन्दै भारत र चीनले त्यसमा चासो देखाएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।