चीन जान नारायणकाजीलाई किन रोके प्रचण्डले ?

१५ जेष्ठ २०७०, बुधबार ०७:३३ मा प्रकाशित

काठमाडौं, १५ जेठ । एकीकृत माओवादीका उपाध्यक्ष एवम् पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) को चीन भ्रमण स्थगित भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा श्रेष्ठ जेठ ९ गते बिहीबार चीन भ्रमणमा जाने कार्यक्रम तय भएको थियो ।
उनको भ्रमणलाई कूटनीतिक क्षेत्रले अर्थपूर्ण रूपमा लिएको थियो । भारतको अनुमति लिएर चीन भ्रमणमा गएका प्रचण्डले चीनको अनुमतिमा भारतको भ्रमण त गरे, तर भारत भ्रमणलाई लिएर चिनियाँ पक्षमा उत्पन्न हुने आशङ्का मेट्न प्रचण्डले कसै न कसैलाई चीन पठाउनुपर्ने हुन्थ्यो । नेता नारायणकाजी श्रेष्ठलाई उपयोग गर्दै चीनलाई आश्वस्त पार्ने योजना प्रचण्डले बनाएका थिए, तर त्यसका लागि श्रेष्ठको भ्रमण गोप्य रूपमा हुन आवश्यक थियो, जुन सम्भव हुन सकेन । श्रेष्ठले चीनको भ्रमण गर्न लागेको समाचार एक अखबारमार्फत सार्वजनिक भइदियो । त्यसरी उपाध्यक्ष नारायणकाजीको चीन भ्रमण हुन लागेको तथ्य बाहिर आउनेबित्तिकै विभिन्न शक्तिकेन्द्रहरूले प्रचण्डको नियतमाथि प्रश्न उठाउन थाले । श्रेष्ठ चाइना गएमा गम्भीर आशङ्का उत्पन्न हुने र छिमेकी मुलुक भारतसँग बन्दै गरेको विश्वास भताभुङ्ग हुन सक्ने देखिएपछि प्रचण्डले नारायणकाजी श्रेष्ठलाई चीन भ्रमणमा जानबाट रोक लगाएको बुझिएको छ । प्रचण्डले विभिन्न शक्तिकेन्द्रसमक्ष नारायणकाजी श्रेष्ठलाई चीन भ्रमणमा जानबाट आफूले रोक लगाएको बताउने गरेका छन् । यसरी प्रचण्ड आफ्नो साख जोगाउन सक्रिय त भए तर नारायकाजी श्रेष्ठ चीनको भ्रमणमा नजाँदैमा भारतले प्रचण्डलाई कति विश्वास गर्न सक्ला यो प्रश्न भने कूटनीतिक क्षेत्रमा फेरि पनि उठिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको