प्रवासी प्रतिनिधि नभेट्ने प्रचण्डको ‘छोटो’ मन !

१४ जेष्ठ २०७०, मंगलवार २२:४० मा प्रकाशित

काठमाडौं, १४ जेठ । भारत प्रवासमा रहेका संघ–संस्थाका टोलीलाई नेपाल आएको बेला प्रचण्डले भेट्न अस्वीकार गरेका छन् । राष्ट्रपति डा. रामवरण यादव, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, प्रमुख निर्वाचनआयुक्त निलकण्ठ उप्रेती, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरण र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई भेटी १२ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको प्रतिनिधि मण्डललाई प्रचण्डलेचाहिँ भेट्न अस्वीकार गर्नु भारत भ्रमणमा रहँदा ती संघसंस्थाले गरेको उनको भोज–बहिष्कार एक मात्र कारण रहेको हुनसक्ने अनुमान गरिउको छ ।
भारत जाँदा राजदूतावासको खर्चमा भोज गर्न लगाएपछि असन्तुष्ट प्रवासी नेपालीसम्वद्ध प्रमुख संघसंस्थाहरुले बहिष्कार गरेका थिए । नेपाली काँग्रेसनिकट नेपाली जनसम्पर्क समिति, नेकपा एमाले निकट प्रवासी नेपाली संघ भारत र राष्ट्रिय जनमोर्चानिकट मूलप्रवाह अखिलभारत नेपाली एकता समाजले राज्यको ढुकुटी दुरुपयोग भन्दै बहिष्कार र विरोध गरेको थियो । दूतावासका कर्मचारीहरुले देशबाटै उच्च कर्मचारी तहबाट आएको दबाब थेग्न नसकी लाखौंको रात्रीभोज दिएका थिए । भोज बहिष्कारको बदला प्रचण्डले प्रवासी नेपालीको जायज माग लिएर आएको अवस्थामा लिएर सङ्कीर्ण मानसिकता दर्शाएको अनुभुति सम्वद्ध प्रतिनिधिमण्डलका सदस्यहरूले गरेका छन् ।
मतदानको अधिकार, मतदाता परिचयपत्र बनाउने, भारतमा रहेका नेपाली नागरिकको सुरक्षा, चेन्नई र मुम्बईमा महावाणिज्यदूतावास खोल्नुपर्ने मागसहित देशका शक्तिशाली अधिकारीहरु र पार्टीका नेतालाई समेत भेट्दा प्रचण्डले भेट्नै चाहेनन् । स्रोतका अनुसार प्रचण्डनिकट नेताकृष्णबहादुर महराका अलावा अन्य सहयोगी र नेताहरुलाई भेट्दा समेत संकेत नआएपछि प्रतिनिधि मण्डलले आफूहरुले गरेको बहिष्कारको बदला लिइएको महशुश ग¥यो । भारत जाँदा प्रचण्डलाई कालो भण्डा नै देखाउनुपर्छ भन्नेहरुले उतिबेला केही नरम बनेर गल्ती गरिएछ भनेको पनि बुझिएको छ ।
यसैगरी भारत प्रवासमा सक्रिय नेपाली नागरिकसम्वद्ध तीन संघ–संस्थाका नेताहरुले कार्यरत मुलुकबाटै मतदान गर्न नपाए आन्दोलनमा जाने चेतावनी दिएका छन् । पत्रकार सम्मेलन गरी आफूहरुको मागबारे राज्यसँग छलफल गरे पनि सुनुवाई हुने संकेत नमिलेबाट आन्दोलनमा जान वाध्य हुने चेतावनी दिएका हुन् । नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले मतदानको अधिकारबाट वञ्चित पार्ने ढंगबाट प्रवासी नेपालीको बेवास्ता गरिएको भन्दै कडा आन्दोलनको चेतावनी दिए । प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारीले आसन्न संविधानसभा निर्वाचनमा कार्यरत देशबाटै मतदान गर्न पाउनु पर्ने अधिकार सुनिश्चित हुनुपर्ने अडानबाट पछि नहट्ने बताए । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका सल्लाहकार मित्रलाल शर्माले राज्य र ठूलादलहरु प्रवासी नेपालीहरुको मतदान अधिकारप्रति गैरजिम्मेवार बनिरहेको आरोप लगाए । प्रवासी नेपाली संघका महासचिव युवराज बास्कोटाले भारतका विभिन्न स्थानमा रहेका नेपाली नागरिकहरुको संस्थागत प्रतिनिधिमण्डले राज्यका जिम्मेवार अधिकारी र राजनीतिक दलका नेताहरुसँग भेटी आश्वासन मात्र मिलेको र प्रक्रिया थाल्नेतर्फ प्रगति हुने संकेत नपाएको बताए ।
कार्यक्रममा नेपाली जनसम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष रामनाथ अधिकारी, प्रवासी नेपाली संघ भारतका वरिष्ठ सल्लाहकार खेमचन्द्र ढकाल, केन्द्रीय सदस्य मोहन थापा, मूलप्रवाह अखिल भारतका महासचिव कुलबहादुर दुरको उपस्थिति थियो ।  १२ बुँदे ज्ञापनपत्रमा आसन्न संविधानसभा निर्वाचनमा प्रवासी नेपालीहरुको मतदाता नामावली सुचिकृत गर्नपर्ने, कार्यरत मुलुकबाटै मतदानको अधिकार पाउनुपर्ने, समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, प्रवासमा रहेका नेपालीहरुको सुरक्षाका अलावा देशको ज्वलन्त समस्या समाविष्ट मुद्दा उल्लेख छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा जेठ १३ गतेबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

काठमाडौं । अभिनेतृ रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा विप्लवसँग भएको