पन्तसँग रेग्मी कड्किँदा…

१४ जेष्ठ २०७०, मंगलवार २२:३३ मा प्रकाशित

काठमाडौं, १४ जेठ । हतपति प्रतिक्रिया नजनाउने खिलराज रेग्मीले गत आइतबार दलका नेताहरूलाई कडै जवाफ फर्काउनुभयो । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार चारपक्षीय संयन्त्रका प्रतिनिधि नेता तथा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीबीच निर्वाचन ऐन तथा चुनाव मितिको घोषणाका विषयलाई लिएर छलफल चल्दै थियो । राजनीतिक दलका नेताहरू सरकारप्रति अलिक कठोर र नकारात्मक ढङ्गले प्रस्तुत हुँदै थिए । रेग्मीचाहिँ दलहरूले चाँडो निकास दिनुपर्‍यो, सरकारको आलोचना मात्र गरेर हुँदैन भन्दै हुनुहुन्थ्यो । त्यसैबीच एक सन्दर्भमा एमाले नेता रघुजी पन्तले झोक्किएर तपाईंले राजीनामा दिनुपर्‍यो माओवादीसहितका दलहरू पनि निर्वाचनमा भाग लिन आउँछन् भन्नुभयो ।
पन्तका कुरा सुन्नेबित्तिकै रेग्मी कड्किनुभयो । उहाँले रघुजी पन्तलाई औँल्याउँदै भन्नुभयो, ‘मैले राजीनामा दिने–नदिने तपाईंले बोल्ने कुरा होइन, तपाईं सरकार गठनदेखिको प्रोसेसमा हुनुहुन्नथ्यो, तपाईंलाई केही थाहा छैन, आफूलाई थाहा नभएको विषयमा तपाईं नबोल्नु राम्रो हुन्छ ।’ यसरी रेग्मीबाट कडा जवाफ फर्केपछि पन्त केही थप बोल्ने प्रयास गर्दै हुनुहुन्थ्यो बैठकका अन्य सहभागीहरूले रोक लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट