:: बिन्ति छ देव..! देउन शक्ति हार्नलाई ::

१४ जेष्ठ २०७०, मंगलवार १९:३४ मा प्रकाशित

ए भगवान
मैले नबुझेको
ध्वंस निर्माण हो भने
मार्नु युद्द हो भने
सम्भोग समाधि हो भने
मिलन प्रेम हो भने
वा मृत्यू मोक्ष मार्ग हो भने
नाशवान यो जगतमा
प्रभु मेरो प्रश्न हार्नु के हो ?
भो प्रभु समाधि मेरो बसमा रहेन
नियति मिलन थियो छुट्यो
भत्काउन म सक्तिन
मार्न पनि म सक्तिन
बरु म हजारौ बार हार्न सक्छु
बिन्ति छ देव, मार्न म सक्तिन
भो प्रभु मैले हारे जिन्दगि देखि
हो प्रभु तिम्रो सुन्दर रचना मान्छे देखि
म वाक्क छु दिक्क छु
श्रद्दाले सलाम गर्यो, सम्झन्छ कायर
मुस्कुराउछु त्रिनेत्र बाल्छ
एक्लै देखे पछ्याउछ
साथ बस्नै नदिने
हे भगवान यो कस्तो चलन
जगत भरी यो कस्तो जलन
मुटु भित्रै राखे, मन भित्र सजाएँ
सुख क्षण भरको, दुख सत्य
त्यो पल यो पल दुवै पल
म मार्न सक्तिन मान्छे
बिन्ति छ देव मलाई हार्नत देउ
हारेर जिउनत देउ
जिन्दगीको अमृत धारा पिउनत देउ
देव तिम्रो सुन्दर रचना
वात गर्यो वात लाउछ
हात दियो लात हान्छ
साथि त्यो हुदै होइन साथ नदिने
यसो हेर्छु माथा टेक्दै मन्दिर मस्जिद धाउँछ
बलि भोजमा शान्तिको गित गाउँछ
रमाउदै पड्काउछं बन्दुक, मान्छे मार्नलाई
थाप्छ पासो जगतभरी त्यही पासो भित्र मान्छे पार्नलाई
बिन्ति छ देव देउन मलाई
नदिझै बग्नलाई, छहराझैँ झर्नलाई
हिमालझैँ हास्नलाई, मयुर र डाँफेझैँ उन्मुक्त नाच्नलाई
प्रेमको स्वर्णिम त्यो यात्रामा अनवरत
मृत्यू मोक्ष हो भने
ए भगवान, मोक्ष मार्गको त्यो धाममा जानु अघि
बिन्ति छ देव..! देउन शक्ति हार्नलाई
हारेर मुस्कुराउदै जिउनलाई, बिलयको अमृत धारा पिउनलाई ।।

मनको कुरा: अभिमानको, अहंकारको बिजय भन्दा पराजय अर्थात् हार स्वीकार छ, बिन्ति देव.. देउन शक्ति हार्नलाई, हारेर मुस्कुराउदै जिउनलाई, बिलयको अमृत धारा पिउनलाई ।।

पुरुषोत्तम ढकाल
ढिकुरे बजार, नुवाकोट
हाल
वुडब्रिज, भर्जिनिया, संयुक्तराज्य अमेरिका
२७ मे, २०१३

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि