क्यालिफोर्नियामा २५५७ औँ बुद्ध जयन्ती मनाइयो

१४ जेष्ठ २०७०, मंगलवार १९:३१ मा प्रकाशित

रोशन त्यागी, क्यालिफोर्निया, अमेरिका – विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म दिन अर्थात २५५७ औँ बुद्ध जयन्ती – २०१३ विश्वको सर्ब शक्तिमान राष्ट्र अमेरिकाको क्यालिफोर्निया राज्यको अलमेडा शहरमा यही मे २६, २०१३ आइतबारको शुभ साइत पारेर सु – सम्पन्न भएको छ ।

मुख्य धर्म गुरु पेम्बा लामा लगायत स्थानीय लामाहरु द्वारा करिब दस बजे बिहान देखि बुद्धिस्ट परम्परा अनुसार सुरु भएको पुजा दिउसोको प्रबचन हुँदै उपस्थित निम्तालु भक्तजनहरुले राख्नु भएको प्रश्न र लामा गुरुबाट दिइएको चोटिलो उत्तर संगै ३:०० बजे बेलुकी विधिवतरुपमा उक्त पावन दिनको बुद्ध जयन्ती कार्यक्रम सकिएको थियो ।

मुख्य तिन आयोजक संस्थाहरुले संयोजक मण्डल बनाई उनीहरुकै सामुहिक नेतृत्वमा सबै कार्यक्रम सम्पन्न गरिएको थियो । तिन सदस्सीय संयोजक मण्डलमा तामांग को-अपरेटिभ समाज, क्यालिफोर्नियाबाट श्री रेशम तामांग, नर्दन क्यालिफोर्निया तमु समाजबाट श्री गम गुरुङ र शेर्पा असोसिएसन क्यालिफोर्नियाबाट श्री आङ छिरिङ शेर्पा रहनुभएको थियो ।

कार्यक्रमको उद्धेश्यको बारेमा जानकारी माग्दा नेपाल आदिबासी जनजाती महासंघ अमेरिका, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष्य समेत रहनुभएका संयोजक मण्डलका एक सदस्य श्री रेशम तामांगको भनाइ अनुसार यो कार्यक्रम बिसुद्ध धार्मिक भएतापनि यस्ता कार्यक्रमले बिदेशमा नेपाली पहिचान, एकता, सामुहिक सदभाब र विश्व शान्ति कायम राख्न केहि हद सम्मै भएपनि टेवा पुग्ने तर्क गर्नु भएको थियो ।

उक्त पुण्य दिनको अवसरमा शन्नी सगरमाथा समाजका अध्यक्ष श्री हरिहर दाहाल, किराँत याक्थुम चुम्लुङ्ग क्यालिफोर्निया अध्यक्ष्य श्री रोशन सुब्बा लिबांग, न्यान्सका संस्थापक अध्यक्ष तथा बरिष्ठ समाज सेवी श्री गोपाल खड्गीको उपस्थिति रहेको थियो ।

त्यसैगरी बे एरियाबसी समाज सेबीहरुमा धन दवाडी, भुपेन्द्र गुरुङ, इश्वर सापकोटा, जीवन सुब्बा,डाक्टर किशोर शेरचन, बिद्या सागर योञ्जन, पुनम शाक्य, कमला प्याकुरेल, निमा शेर्पा, तेज राई, प्रेम लामा, शेर लामा, जी. एस. राई, रिन्जी शेर्पा लगायत करिब दुइ सयको हाराहारीमा नेपाली तथा बिदेसीहरुको उपस्थिति रहेको उक्त बुद्ध जयन्ती कार्यक्रम यस भेगमा यसैगरी बर्सेनि मनाईन्छ ।

अन्त्यमा २५५७ औ बुद्ध जयन्ती-२०१३ लाई सफल पार्न सहयोग गर्ने चन्दा दाता तथा अन्य सहयोगी हातहरुलाई आयोजक ज्युहरुबाट हार्दिक धन्यवाद अर्पण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको