संघीयता विरुद्ध षड्यन्त्र हुँदैछः मन्त्री राजेन्द्र महतो

२४ चैत्र २०६८, शुक्रबार १८:२० मा प्रकाशित

जनकपुर, २४ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले संघीयता विहिन संविधान ल्याए देशमा विद्राहको आगो दन्किने चेतावनी दिएका छन् ।
महोत्तरीको मटिहानीमा आज एकृकीत जनस्वास्थ्य अभियान अन्तर्गत आयोजित निःशुल्क स्वास्थ्य शिविरको उदघाटन कार्यक्रममा मन्त्री महतोले संघीयता विहिन संविधान ल्याइए मधेसमा मात्र नभई तराई, पहाड, हिमाल सबै स्थानमा विरोध हुने दाबी गरे । उनले भने, ‘२०६३ सालको विद्रोह भन्दापनि भयावह आगो दन्किने छ ।’
संघीयता विहिन संविधान ल्याउन मुख्य दलहरुले व्यापक षडयन्त्र गरिरहेको मन्त्री महतोको आरोप थियो ।
अधिकार सम्पन्न, पहिचान र सामर्थ सहितको संघीयता नयाँ संविधानमा प्रावधान राख्नुपर्ने बताएका उनले सबै जनजाति, दलित, मधेसीलगायतका वर्गले सम्मान अधिकार पाउने बताए ।
मन्त्री महतोले अर्को प्रसंगमा स्वास्थ्य क्षेत्रमा रहेका बिस वर्षे स्वास्थ्य नीतिलाई परिवर्तन गरि ८० प्रतिशत ग्रामिण जनताको न्यूनतम स्वाथ्य सेवालाई ध्यानमा राखेर नयाँ स्वास्थ्य नीति ल्याउने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै