बोस्टनको सिर्जना उत्सवमा उत्तम नेपालीलाई सम्मान

१४ जेष्ठ २०७०, मंगलवार १९:२९ मा प्रकाशित

गोवर्धन पूजा, बोस्टन अमेरिका । अमेरिकाको बोस्टनमा आइतवार आयोजित सिर्जना उत्सवमा वरिष्ठ कलाकार उत्तम नेपालीलाई सम्मान गरिएको छ ।
प्रत्येक अंग्रेजी महिनाको अन्तिम साता आयोजना हुने उक्त उत्सवमा शेखर ढुंगेल, अनु शाह, गोवर्धन पूजा, महेश्वर पन्त, दीपा राई पुन, दिनेश राजभण्डारी, पेशल रेग्मी, ममता कर्माचार्य, डिपी ढकाल, अजय आचार्य, ज्ञानप्रसाद शर्मा, मन्दीरा कर्माचार्य, अशुलक्ष्मी राजभण्डारी, प्रेमसागर खतिवडा लगायतले सिर्जना बाचन एवं मन्तव्य व्यक्त गरेका थिए । साहित्यकार महेश्वर पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कलाकार नेपालीले कविता वाचन गर्नुका साथै आफ्नो कला यात्राका बारेमा बोलेका थिए । कार्यक्रमका संयोजक एवं साहित्यकार गोवर्धन पूजाले सम्मानित व्यक्तित्त्व नेपालीका बारेमा जानकारी गराउनुका साथै आगामी महिनाको कार्यक्रम बोस्टनको क्यामब्रिजमा हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा