पदको लोभमा राजनीतिमा लागेको होइन: नायिका रेखा थापा

१४ जेष्ठ २०७०, मंगलवार १८:०८ मा प्रकाशित

काठमाडौं । एकीकृति नेकपा माओवादीमा औपचारिक रुपमै प्रवेश गरेकी नायिका रेखा थापाले आफू कुनै पनि पदको लोभमा राजनीतिमा नलागेको बताएकी छिन् ।

फिल्म नेपालसँग कुराकानी गर्दै रेखाले पलायन हुँदा युवा जगत्मा निराशा पैदा हुने हुँदा देशमै बसेर केही गर्न सकिन्छ भनेर राजनीतिमा लागेको बताएकी हुन् । ‘म मन्त्री भइएला वा प्रधामन्त्री बनिएला भनेर राजनीतिमा लागेको होइन,’ उनले भनिन्, ‘कलाकारले नाच्न गाउन मात्रै होइन निर्णायक तहमा पुगेर काम गर्न सक्छन् भन्ने प्रमाणित गर्न पनि राजनीतिमा लागेकी हुँ ।’

कलाकार विदेश गएमा वा पेशाबाट पलायन भएमा फिल्म जगत्मा केही रहेनछ भन्ने सन्देश जाने हुँदा पनि स्वदेशमै केही गर्नुपर्ने उनको भनाइ छ । ‘हामी पलायन भए नवप्रवेशीहरु आत्तिन सक्छन्,’ आफूभन्दा सिनियर नायिका करिष्मा मानन्धर अमेरिका गएको बेला आफूमा आएको अनुभव बाँड्दै रेखाले भनिन्, ‘त्यस्तो नहोस् भन्नका लागि पनि मैले यहीं केही गर्नुपर्छ ।’

एक्लै आफ्ना कुरा राख्दा कसैले नसुनेपछि राजनीतिक संगठनमार्फत भिजन कार्यान्वयन गर्न सकिने सोच पनि छ, रेखा थापामा । संगठित आवाज राख्ने ठाउँ खोज्दै जाँदा आफू माओवादी विचारको नजिक पुगेको रेखाको स्पष्टोक्ति छ ।

नेतृत्वदायी महिला सम्बन्धी सिनेमा ‘काली’को छायांकनमा रहेकी रेखाले सुटिङपछि राजनीतिमा अझ बढी समय दिने रेखाले बताइन् । अब आफूले लामो समय राजनीतिमै बिताउने पनि उनले सुनाइन् ।
(Source:filmnepal.com)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गायक तिलक बस्नेतको शब्द संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘टिकटक क्विन सुपरम्यान’ सार्वजनिक भएको छ। डान्सिङ शैलीको

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र

काठमाडौं । युवा गायक प्रविन राजथलाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर आफ्नो संगीत