चाल्स शोभराजको विषयमा फिल्म बन्ने

१४ जेष्ठ २०७०, मंगलवार १८:०३ मा प्रकाशित

काठमाडौं । विकनी किलरको नामबाट चचिर्त कुख्यात अपराधी चाल्स शोभराजको विषयमा फिल्म बन्ने भएको छ। एक अमेरिकी नागरिकको हत्या अभियोगमा नेपालको जेलमा आजीवन कारावासको सजाय भुक्तान गरिरहेका शोभराज अन्तर्राष्ट्रिय रुपमै ख्याति कमाएका अपराधी हुन्। तर, उनको जीवनीमा आधारित भएर बन्न लागेको फिल्म भने बलिउडमा हो । फ्रान्सेली नागरिक शोभराजमाथि दक्षिण एसियाका लगभग सबै मुलुकमा विदेशी पर्यटकलाई आफ्नो शिकार बनाएको आरोप छ। उनीमाथि सुन्दर युवतीलाई आफ्नो जालमा फसाएर हत्या गर्न माहिर भएको आरोप पनि अन्तर्राष्ट्रिय स्तरमा समेत लागेको छ। बलिउडमा उनको जीवनका विषयमा बन्न लागेको फिल्मलाई पूजा भट्टले निर्माण गर्न लागेकी हुन्। जुन फिल्मको नाम ‘ब्याड’ भएको जनाइएको छ। फिल्मका निर्देशक परवाल रमन भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। ‘जिस्म–२’ र ‘मर्डर–३’ जस्ता फिल्ममा काम गरिसकेका अभिनेता रणदीप हुड्डा यस फिल्ममा चाल्स शोभराजको भूमिकामा देखिन लागेको बताइएको छ । रणीपले हालैमा उक्त फिल्मको दुई दिनको सुटिङ पनि गरेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन् । नेपाली दर्शकले उनलाई फिल्म ‘लप्पन

काठमाडौं । इन्टरनेट पहुँचको सहजतापछि विश्वभर पोर्न उद्योगले धेरै ठूलो सफलता पाएको छ । पोर्न उद्योगले धेरै कलाकारहरूलाई सफलताको स्वाद

काठमाडौं । अहिले सामाजिक सञ्जालले नै कलाकारलाई स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा जम्न नसकेकाहरुलाई गुमनामपनि बनाइरहेको छ यो एक यस्तो

भारतीय रियालिटी शो बिग बोसको सिजन ५ मा देखिएकी पूजा मिश्राले बलिउड अभिनेता शत्रुघ्न सिन्हा र उनको परिवारमाथि गम्भीर आरोप