बुधबार चुनावको मिति घोषणा हुन्छ : प्रचण्ड

१४ जेष्ठ २०७०, मंगलवार १७:२६ मा प्रकाशित

० रेग्मी सरकारको विकल्प खोज्ने बेला भएको हो ?
– खिलराज रेग्मीको नेतृत्वको सरकारको विकल्प खोज्नु मुलुकको लागि अर्को दुर्घटना निम्त्याउनु हो । रेग्मीको विकल्प खोज्ने बेला भएको छैन ।
० तर काङ्ग्रेस–एमालेले त माग्न थललिसके नि ?
– हो, तर ११ बुँदे सहमति र २५ बुँदे बाधा अडकाउ फुकाउमा सहमति गर्ने दलहरुले नै विकल्प खोज्ने कुरा गर्नु दुखद हो । सरकार निर्वाचन गर्न प्रतिबद्ध छ । निर्वाचन भएन भने अप्ठ्यारो स्थिति आउँछ भन्नेमा सरकार गंभिर पाएको छु । अहिले सबै निर्वाचनको पक्षमा रहेको बेला विकल्प खोज्नु भन्दा पनि निर्वाचनका माहौल बनाउनतर्फ लाग्नु पर्छ ।
० निर्वाचनको मिति घोषणा गर्न नसक्ने सरकारबाट निर्वाचन कसरी सम्भव होला ?
– मंसिरको पहिलो साता संविधानसभाको निर्वाचन गर्ने गरी बुधवार नै मिति घोषणा हुन्छ । मंगलबार विहान मन्त्री परिषदका अध्यक्षसँगको भेटमा त्यस्तो सहमति भएको छ । सरकार निर्वाचनका मिति घोषणा गर्न गंभिर छ । बुधवार विहान उच्चस्तरीय राजनीति समितिको बैठक बसेर विवादित विषयमा सहमति कायम गरेपछि गणतन्त्र दिवसकै दिन मिति घोषणा हुन्छ । मिति घोषणापछि निर्वाचनको माहौल आफै बन्छ । निर्वाचन ऐन र निर्वाचनको मिति घोषणा पहिला नै घोषणा हुनु पर्ने भए पनि हुन सकेन यो दुखद कुरा हो । मंसिरमा निर्वाचन गर्नेमा विपक्षमा रहेका दलहरुसहित कसैको पनि विमती नभएकोले मिति घोषणा गर्न कुनै अप्ठ्यारो छैन ।
० अहिलेको प्रक्रियाको विरोधमा रहेको नेकपा–माओवादीलाई सहमतिमा नल्याई कसरी चुनाव होला ?
– नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणसँग मेरो फोनमा पटक–पटक वार्ता भएको छ । बैद्यजीले नै पछि भेटौ भनेकोले औपचारिक भेटवार्ता हुन नसकेको हो । तर पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, डा बाबुराम भट्टराईले भने बैद्यसँग भेटेर छलफल गर्नु भएको छ । मैले नै नेकपा–माओवादीलाई पनि राजनीतिक समितिमा ल्याउन प्रस्ताव गरेको हुन । अब म बैद्यजीसँग छिट्टै भेटवार्ता गरेर एउटा निकास निकाल्छु ।
० थ्रेस होल्ड र संविधानसभाको संख्यामा पनि विवाद छ नि ?
– १० प्रतिसत ‘थ्रेस होल्ड’ राखे पनि हामीलाई कुनै आपत्ति छैन । तर, साना दलको प्रतिनिधित्व नहुने भएकोले मैले थ्रेस होल्ड राख्न नहुने तर्क गरको हुँ । थ्रेस होल्डमा दलहरुबीच बाहिर आए जस्तो कुनै सहमति भएको छैन । संविधानसभाको निर्वाचन भएकोले साना दलहरुको पनि प्रतिनिधित्व होस भनेर थ्रेस होल्ड हुनु हुँदैन भन्ने पक्षमा उभिएका हौँ । संविधानसभाको निर्वाचनमा बोलिभिया बाहेक कतै पनि थ्रेस होल्ड राखिएको थिएन ।
० संविधानसभा सदस्यको सङ्ख्यामा पनि दलहरूबीच भएको सहमतिबाट तपाईंहरू पछि हटेको हो ?
– दलहरुवीच भएको सहमतिबाट हामि पछि हटेको होइन । समानुपातिकको संख्या घटेकोमा अधिकांश दलहरुको आपत्ति रहेकोले उनीहरुलाई पनि निर्वाचनमा ल्याउन त्यसमा पुर्नविचार गरौँ भन्ने प्रस्ताव मात्रै राखेका हौँ । सहज रुपमा निर्वाचन हुन्छ भने संख्यामा लचक हुन तयार हुनुपर्छ ।
० निर्वाचनको मुखमा पूर्वसभासदको हत्या भयो, यस्तो अवस्थामा कसरी निष्पक्ष, धाँधली र भयरहित निर्वाचन होला ?
– निर्वाचन गराउने विषयमा सरकार र राजनीतिक दलहरुको संकल्प भएकोले तोकिएकै मितिमा निष्पक्ष र भयरहित निर्वाचन हुन्छ । निर्वाचन हुँदैन कि भन्ने आशंका कसैले पनि गर्न हुँदैन । संविधानसभाको निर्वाचन गरेर परिवर्तनलाई संस्थागत गरेर गणतन्त्र र मुलुकलाई समृद्ध बनाउन सबैको सकल्प हुनुपर्छ ।
० पहिलो संविधान त्यसै विघटन भयो, अब पनि संविधान बन्ने के ग्यारेन्टी ?
– नेपालको नेपाली जनतालाई अधिकार सम्पन्न गर्न, राजनीतिक स्थायीत्व र समृद्धि प्राप्त गर्न संविधान निर्माण नगरी सुखै छैन । संविधानसभा विघटन हुनु दुखद घटना हो र अघिल्लो वर्ष आजैको दिन दलहरुबीच १० प्रदेशमा सहमति भए पनि दिन छिप्पिँदै जाँदा संविधान जारी नभई संविधानसभा विघटन हुन पुग्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री