लक्ष्मणसिंह खड्काले पनि दल खोल्ने !

१४ जेष्ठ २०७०, मंगलवार १७:०३ मा प्रकाशित

काठमाडौं, १४ जेठ । राजनीतिमा नितान्त अपरिचित व्यक्तिहरुले पनि विभिन्न नाममा पार्टी खोल्ने ‘मौसम’ चलिरहेको बेला लक्ष्मणसिंह खड्काले समेत पार्टी संचालन गर्ने भएका छन् । राजधानीमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरी राष्ट्र र राष्ट्रियताका लागि कटिवद्ध हुनेगरी उनले पार्टी संचालनको घोषणा गरेका हुन् । पार्टीको नाम जुरिनसकेको तर नेपाल र नेपालीको अस्मिता रक्षा र हितसँग जोडेर नाम राखिने बताए । 
‘अब म दलीय राजनीतिमा सक्रिय हुन्छु,’ विवादास्पद काम गरिरहने खड्काले भने ‘देश हितका लागि नेता नरहेकाले प्रत्यक्ष राजनीतिमा आउन वाध्य भएँ ।’ आफूले देशको मैं हुँ भन्ने नेताभन्दा बढी काम गरेको दाबी गरे । राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहको सालिक भत्काउन खोज्नेसँग ज्यानको बाजी लगाएर सामना गरेको उल्लेख गरे । उनले भने– ‘देशको एकीकरण गर्ने राजाको शालिक भत्काउन खोज्नेसँग ठूला भनिएका नेताहरु सामना गर्न डराएर भागे, त्यतिबेला लक्ष्मणसिंह खड्का जीवन बलिदान गर्न तयार भएर सामना गर्न उत्रियो ।’ सच्चा नेपालीले नेपालप्रति आफ्नो भूमिकाको मूल्यांकन गर्ने आशा व्यक्त गरे । आफूले गरेका कामहरुबारे व्याख्या गर्दै सहिदगेट संरक्षणमा अहोरात्र खटिएको, चार सहिदको सालिक, महाकवि लक्ष्मीप्रसाद देवकोटा, आदिकवि भानुभक्त, स्वरसम्राट नारायणगोपालको सालिकको संरक्षणमा क्रियाशिल रहेको सुनाए ।
आफूले नेतृत्व गर्ने नयाँ दल नेपाल आमाको अस्तित्व जोगाउन सक्रियता देखाउने खड्काको भनाई थियो । राष्ट्रवादी नेपाली र नेपाललाई माया गर्ने विश्वभरका मानवजातिबाट सहयोग लिएर पार्टी संचालन गर्न लागेको जानकारी गराए । पार्टी संचालनका लागि नेपाल र नेपालीलाई माया गर्ने जोकोहीबाट सहयोगको आग्रह गर्दै देशभरको ११ वटा बैंकमा खाता खोलिएको बताए । स्वइच्छाले प्रतिव्यक्ति रु १ सहयोगको आग्रह गर्दै २० वर्षपछि दोब्बर रकम फिर्ता गरिने योजना सुनाए । आफ्नो दलको आर्थिक गतिविधि पारदर्शी हुने स्पष्ट पारे । नेपाल र नेपालीको हितका लागि रकम खर्च हुने प्रतिवद्धता सुनाउँदै आफ्नो अभियानले नयाँ सन्देश दिने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर