चीन भ्रमण गर्ने बाबुरामको रहर पूरा हुँदै

१४ जेष्ठ २०७०, मंगलवार १५:१३ मा प्रकाशित

काठमाडौं, १४ जेठ । प्रचण्डको बहुचर्चित चीन भ्रमणपछि उत्तरको छिमेकी देशले नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई भ्रमणको निम्तो दिएको थियो । नेपाली नेताहरुलाई निम्त्याउने श्रृंखलामा एमाओवादी उपाध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको समेत पालो परेको बुझिएको छ । लामो समयदेखि चीन भ्रमणको रहर पालेका डा. भट्टराईलाई चीनले भ्रमणको निम्तो दिनलागेको बुझिएको छ ।
स्रोतका अनुसार केही साता अघिदेखि नै चिनियाँ राजदूत वु चुन्ताईले भट्टराईको रुची बुझेर भ्रमण गराउने तयारी थालेका हुन्। आगामी नोभेम्बरसम्म महिनासम्ममा भट्टराईले चीन भ्रमण गर्ने स्रोतको दाबी छ । एमाले अध्यक्ष खनाल जुन दोस्रो साता चीन जाँदैछन् भने त्यसपछि चीन भ्रमणको पालो कांग्रेस सभापति सुशील कोइरालाको छ।
शान्ति प्रक्रिया शुरु भएको सात वर्षयता माओवादीका उपाध्यक्ष भट्टराईले हिमाल काटेर उत्तरको छिमेकीमा पाइला टेकेका छैनन्। अर्थमन्त्री हुँदादेखि नै ुभारत र चीनबीच पुल बनेर नेपालले आर्थिक लाभ लिनुपर्नेु तर्क गर्दै आएका भट्टराईले चीनको आर्थिक विकासबारे अध्ययन गर्ने चाहना राखेको बताइन्छ । चीनले आफ्ना शहर र गाउँ क्षेत्रमा ल्याएको परिवर्तन अध्ययन गर्ने मेरो रुची हो भनी निकटवर्तीहरुसँग भट्टराईले पटक पटक भन्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस