रिसोर्टको विल नतिर्ने मन्त्री युरोप सफरमा

१४ जेष्ठ २०७०, मंगलवार १४:५९ मा प्रकाशित

छविलाल बगाले, लमजुङ, १४ जेठ । आफ्ना परिवार र नातागोता बोकेर गत साता आफ्नो गृहजिल्ला लमजुङ आएका अन्तरिम चुनावी मन्त्रीपरिषदका कृषि तथा सहकारी एवम् बन तथा भुसंरक्षण मन्त्री टेकबहादुर थापाले आफु तीन दिनसम्म लमजुङ आएर बस्दा होटलमा उठेको बिल रकम चुक्ता नगरी राजधानी फर्किएको रहस्य खुलेको छ । 
तीन दिनसम्मको कामको लागि प्याकेज बनाएर जिल्लाको एकीकृत विकासको प्याकेज तथा निरीक्षण गर्न आएका मन्त्री थापाले आफ्ना आफ्न्त र आफुले तीन दिनसम्म बसेर खर्च गरेको रकम नतिरी गएको स्रोतले बतायो । मन्त्री थापाले गरेको खर्च जिल्लामा भएका सबै सरकारी कार्यलयहरुले उठाएर चुक्ता गर्ने बताइएको छ ।
सरकारी कार्यलयहरुको अनियमितता लगायत जिल्लाको समग्र कृषि क्षेत्रको विकासको निरिक्षण गर्नको लागि लमजुङ आएको बताइए पनि मन्त्री थापाले जिल्लाका सरकारी कार्यालयहरुलाई खबर नगरी अकस्मात आएको खुलेको छ । मन्त्री थापासहित उनका आसेपासेले तीनदिनसम्म बसेर खर्च गरेको रकम मन्त्री आफ्ैले नतिरी गएपछि जिल्लास्थित सरकारी कार्यलयहरुले उठाएर तिर्ने एक कर्मचारीले बताए । मन्त्री थापा लमजुङ आउँदा सदरमुकाम बेसिशहरस्थित गेटवे हिमालयन रिसोर्टमा बसेका थिए भने उनका आफन्तहरु सिद्धिविनायक होटलमा बसेका थिए । उनका साथ लागेर आएका अन्य कर्मचारी तथा चालकहरु भने अर्कै गेष्ट हाउसमा बसेका थिए, तर उनिहरुले तीन दिनसम्म खर्च गरेको रकम भने अहिलेसम्म तिरिएको छैनन् ।
जिल्लाको विकासका निम्ति एक कर्मचारीले प्रस्ताव राखेलगत्तै मन्त्री थापाले ति कर्मचारीलाई नेताको सिफारिसमा आउन भन्दै हप्काएको समेत स्रोतले बताएको छ । मन्त्री थापा लमजुङ आउँदा आफ्नो पहुँच देखाउन आफ्ना मन्त्रालय मातहातका कार्यहरुलाई जसरी पनि सवारी साधन लिएर आउन आग्रह गरेको समेत पोखरास्थित एक कर्मचारीले बताए । उनले भने– ‘मन्त्रीज्यूको ठाडो आदेश आएपछि नमानौँ पनि कसरी ? त्यही भएर कामको लागि बाहिर गएका कर्मचारी र सवारी साधनलाई बोलाएर मन्त्रीज्यूको आदेश पालन गरेको हुँ ।’
स्मरण रहोस्, मन्त्री टेकबहादुर थापा यतिबेला युरोप सफरमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर