जन्ती बोकेको भारतीय जिप दुर्घटना

१४ जेष्ठ २०७०, मंगलवार १४:५२ मा प्रकाशित

काठमाडौं, १४ जेठ । महोत्तरीको बर्दिबासमा जन्ती बोकेको भारतीय जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दूर्घटनामा परेकामध्ये दुईजनाको अवस्था गंभिर रहेको बुझिएको छ । ईलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार सिरहा जिल्लाको मिर्चैयाबाट महोत्तरीको सरपल्लो गाविसतर्फ गइरहेको भारतिय बी.आर.०६ पी.बी. १६९४ नम्बरको जन्ती बोकेको जीप बर्दिबास ९ स्थित बुद्धचौकमा अनियन्त्रित भई पल्टिँदा जीपमा सवार १३ जना जन्ती घाईते भएका हुन् । दुर्घटना सोमवार राति करीब १२ बजेतिर भएको हो । 
जीप दूर्घटनामा परेर सिरहा जिल्लाको मिर्चैया ९ रामनगर बस्ने वर्ष ३० को नागेश्वर प्रसाद साह र सोही ठाउँ बस्ने २२ वर्षीया सुशिला दवी साह गंभिर घाईते भएका छन् । घाईते दुवै जनाको अवस्था नाजुक रहेकोले राति नै विशेष उपचारको लागि दुवै जनालाई विराटनगर स्थित न्युरो अस्पताल पठाईको प्रहरीले जनाएको छ । अन्य ११ जनाको उपचार बर्दिबास बजारमै उपचार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यु, चाकु खाएर माघे सङ्क्रान्ति पर्व

सर्लाही । गत २३ पुसमा सर्लाहीको बरहथवामा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

चितवन।चितवनको केन्द्रीय स्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले कोभिड–१९ संक्रमणको उच्च प्रकोप देखिएको बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद

काठमाण्डाैं ।सरकारले राष्ट्रिय भूमि आयोग झापाको अध्यक्षको जिम्मेवारी तिलकसिंह पाण्डेलाई दिएको छ । मन्त्रिपरिषदले पाण्डेसहित २८ जिल्लामा अध्यक्षको जिम्मेवारी तोकेको