यादवद्वारा संयन्त्रको प्रस्ताव अस्वीकार

१४ जेष्ठ २०७०, मंगलवार २१:५१ मा प्रकाशित

काठमाडौं, १४ जेठ । निर्वाचनको सुनिश्चितताका लागि असन्तुष्ट दलका प्रमुख नेताहरुलाई पनि उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहभागी गराइने आश्वासन चार राजनीतिक दलका नेताहरुले दिए पनि मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयन्त्रमा नबस्ने बताएका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रको औचित्य सकिएको भन्दै यादवले त्यसमा सहभागी नबन्ने उदघोष गरेका हुन् ।
मंगलबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू मात्र नभई मोहन वैद नेतृत्वको नेकपा–माओवादी समेत संयन्त्रमा नबस्ने दाबी गरे । नेपाली कांग्रेस र नेकपा एमालेले हालै राजनीतिक सहमतिका लागि वैद्य र यादवलाई समेत संयन्त्रमा राख्न सकिने निर्णय गरेका थिए भने एमाओवादी अध्यक्ष प्रचण्डले समेत त्यसमा सकारात्मक अभिव्यक्ति दिएका थिए।
अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्याधीश पदबाट राजीनामा दिए चुनावी वातावरण बन्न सहयोग पुग्ने बताएका यादवले वर्तमान परिस्थितिमा निर्वाचनको आधार तयार भईनसकेको उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान