‘फोहोरी जमातसँग एकता सम्भव छैन’ : माओवादी सचिव चन्द

१४ जेष्ठ २०७०, मंगलवार ०८:४४ मा प्रकाशित

काठमाडौं, १४ जेठ । वैद्य समूहसँग पार्टी एकता हुने भनी प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिन थालेपछि नेकपा–माओवादीका नेताहरुले प्रचण्डको सो अभिव्यक्ति देश र जनतालाई दिग्भ्रमित पार्ने दुषित प्रयास भएको भन्दै स्पष्टिकरण दिन थालेका छन् । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले एमाओवादीसँग एकताको कुनै संभावना नरहेको प्रस्ट्याउँदै एमाओवादी अध्यक्ष प्रचण्डलाई फोहरको डुङगुरमा टुप्पी मात्र देखिने गरी बसेको व्यक्तिका रुपमा औंल्याए ।
सोमबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सतिव चन्दले भने, ‘क्रान्तिको झण्डालाई विदेशीका पाउमा लगेर बुझाइदिने र झिङ्गा बस्ने ठाउँमा बस्न रुचाउने जमातहरू रहेको पार्टी एकीकृत माओवादीसँग अहिलेको अवस्थामा एकताको गुन्जायस छैन ।’  उनले लेण्डुप दोर्जे प्रवृत्तिहरुका कारण देश इतिहासकै जोखिम मोडमा उभिएको टिप्पणी गरेर बाबुराम र प्रचण्डको खिल्ली उडाए ।
गत ११ गते एमाओवादीमा प्रवेश गरेका नेकपा–माओवादीका कार्यकर्ताहरुको स्वागत गर्दै एमाओवादी अध्यक्ष्न प्रचण्डले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने भन्दै एकदिन मोहन वैद्य पनि आफ्नो पार्टीमा फर्कने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।