बाबुराम भट्टराई नेतृत्वको सरकार कठपुतली हो: माओवादी बिद्रोही नेता मोहन वैद्य

२४ चैत्र २०६८, शुक्रबार १८:१८ मा प्रकाशित

काठमाडौ, २४ चैत्र । माओवादी उपाध्यक्ष एबं बिद्रोही नेता मोहन वैद्यले बाबुराम भट्टराई नेतृत्वको सरकार कठपुतली भएको आरोप लगाएका छन् ।

जनयुद्ध दिवसको अवसरमा माओवादी बिद्रोही समूहले रत्नपार्कमा आयोजना गरेको कार्यक्रममा नेता वैद्यले भट्टराई सरकारले राष्ट्रघात गर्न कांग्रेस-एमालेलाई पनि उछिनेको बताए । वैद्यले भने, ‘राष्ट्रघाती बिप्पा सम्झौता गरेर भट्टराई सरकारले कांग्रेस-एमालेलाई पनि उछिनेको छ, यो सरकार माधवकुमार नेपालकोजस्तै कठपुलती हो ।’

नेता वैद्यले भने जनताको संविधान लेख्न नदिने षड्यन्त्र भए विद्रोह हुने चेतावनी दोहोर्‍याउदै ४६ दोहोर्याउने षड्यन्त्र हुँदैछ त्यसकारण अब अर्को ठुलो विद्रोह हुनेछ ।’

वैद्यले अगाडी भने, ‘यो बिद्रोह पनि अवसरवादी, दलाल, पुँजीपती र अभिजातवर्गविरुद्धको विद्रोह हो ।’ उनले थपे जनसंविधान बन्न नदिन कांग्रेस-एमालेसँगै पार्टीभित्रको अभिजात वर्ग पनि सक्रिय रहेको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले