शिक्षकको कुटाईबाट छात्र सिकिस्त

१४ जेष्ठ २०७०, मंगलवार ०८:१७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १४ जेठ । विद्यालयमा शिक्षकले विद्यार्थीलाई यातना दिन नपाइने भनेर पटक–पटक सरकारले निर्देशन दिए पनि गुल्मीको धुर्कोट रजस्थलमा शिक्षकको कुटाईबाट एक विद्यार्थी सख्त विरामी परेका छन् । धुर्कोट रजस्थलको धुर माध्यमिक विद्यालयका शिक्षक मनोहर पन्थीको कुटाईबाट कक्षा ६ का छात्र १३ वर्षिय अर्जुन नेपाली विरामी भएका हुन् । विरामी परेको कारण गत बैशाख २६ गतेदेखि विद्यालयमा जान नसकेका नेपाली सोमबार दिउँसो शिक्षकले कुटेपछि लगातार वमन भइरहने विमारबाट पिडीत भएको उनका बुबा शेरबहादुर नेपालीले बताए । केहीदिन अघि मात्रै एपेण्डिक्सको अप्रेसन गरेको विरामीलाई गृहकार्य नगरेको भन्दै निर्घात कुटपिट गरेको उनको दाबी छ ।
‘बिरामी परेको कारण वैशाख २६ गतेदेखि विद्यालयमा नगएकोले लेख्न सक्ने अवस्था थिएन’, उनले भने– ‘किन होमवर्क गरेनस् भन्दै कोखा (पेट)मा हानेछन्, उल्टी (छाद्ने) गरेर हैरान छ ।’ विरामी छु भन्दा पनि कुटेको पिडीत अर्जुनले बताए । ‘बिरामी भएर लेख्न नसकेको भन्दा विरामी भएको भए घर पो बस्नु पर्छ स्कूल किन आएको ? भन्दै कुटे ।’ – उनले भने । आफूले विद्यालयमा छोरा विरामी भएको जानकारी गराएको र उपचार गर्न जाँदा विरामी विदा लेखेको भए पनि विरामी विद्यार्थी कुटेर अन्याय गरेको शेर बहादुरको गुनासो छ । ‘मैले विरामी भन्ने जानकारी गराएको थिएँ, विरामी विदा पनि लेखेको हो थाहा हुँदाहुँदै कुट्नुभएछ – उनले भने – ‘तर हेडसरले २÷३ सय विद्यार्थी छन् , हामीलाई के थाहा क–कसलाई के हुन्छ भनेर ? भन्ने जवाफ फर्काउनुभयो । ’ विरामी नेपालीको धुर्कोट् प्राथमिक स्वाथ्यक केन्द्रमा उपचार भैरहेको छ । भर्खरै अप्रेसन गरेको विारमी छोरालाई ठूलै समस्या भयो भने आफूसंग उपचार खर्च नभएको शेब बहादुरको भनाई छ । उनले जथाभावी गर्ने शिक्षकलाई विद्यालयले सचेत गराउनुपर्ने र कुटाईबाट घाईते बालकको उपचार गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याएको बताएका छन् । उनीहरूले शनिवार

काठमाडौं । प्रधानमन्त्रीविरुद्ध प्रदेशसभा बैठकमा नै आपत्तिजनक अभिव्यक्ति दिएका नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले आत्मालोचना गरेका छन् । प्रदेशसभाको