गुल्मीमा दुर्घटनामा तीनको मृत्यू चार घाइते

१४ जेष्ठ २०७०, मंगलवार ०८:१२ मा प्रकाशित

रुपन्देही, १४ जेठ । गुल्मीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यू भएको छ भने तीनजना घाईते भएका छन् । सदरमुकाम तम्घासबाट बिरवास तर्फ जादै गरेको लु १ च २२१२ नम्बरको भ्यान बिरबास ८ मा दुर्घटना पल्लीकोट २ कि ८५ वर्षिया ईन्द्रकला सोमरे र सोही स्थानकी ७५ वर्षिया टोपली सोमरेको मृत्यू भएको हो । दुर्घटनामा चालक विरबासका बेदप्रकाश खनाल, सहचालक प्रकाश न्यौपाने, पल्लीकोट २ कि मिना सोमरे र सोही स्थानकी ईन्द्रकला थापा घाइते रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख डोर बहादुर थापाले बताउनुभयो । घाईते सबैको अबस्था गम्भिर रहेकोले उपचारका लागी यूनाईटेड मिसन अस्पत्ताल पाल्पा पठाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । भ्यान तिब्र गतीका कारण सडकबाट अन्दाजी ७०० मिटर तल खसेको थियो ।
यसैविच गुल्मीकै ग्वादीस्थित साँघुरेमा जीपले किचेर एक महिलाको ज्यान गएको छ । वाग्लुङ्गको हटियाबाट साँघुरेसम्म आएको लु १ ज १३८५ जिपले किचेर वाग्लुङ्ग हरीचौर–९ निवासी ४० वर्षिया भीमा बस्नेतको मृत्यू भएको ईलाका प्रहरी कार्यालय रीडिले जनाएको छ ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा