सेनाद्वारा सगरमाथामा चार हजार किलो फोहोर संकलन

१३ जेष्ठ २०७०, सोमबार १८:४८ मा प्रकाशित

काठमाडौं, १३ जेठ । सगरमाथा आरोहण अभियानमा रहेका नेपाली र भारतीय सेनाका ‘संयुक्त सगरमाथा आरोहण तथा सफाई अभियान–२०१३’ले सगरमाथाको साउथ कोल र सोभन्दा तल रहेका विभिन्न किसिमका ४ हजार दश केजी फोहोर मैला सङ्कलन गरेको छ । संकतित फोहोर मैला ‘सगरमाथा प्रदुषण नियन्त्रण समिति’का अध्यक्षलाई नाम्चेस्थित श्री बराहदल गुल्मको हाताभित्र एक विशेष समारोहका विच हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 
नेपाली सेनाको पर्वतारोहण इतिहासमा पहिलो पटक सगरमाथामा भएको प्रदुषणलाई कम गर्ने उद्धेश्यले यस प्रकारको संयुक्त सगारमाथा आरोहण तथा सफाई अभियान–२०१३ सञ्चालन गरिएको हो । विकट भौगोलिक अवस्था र चुनौतिपूर्ण मौसमका बाबजुद २ हजार २ सय ५० के.जी. जैविक रुपमा हानिकारक र १ हजार ७ सय ६० के.जी. जैविक रुपमा कम हानिकारक फोहोरमैला संकलन तथा ढुवानी गरी उक्त फोहोर मैलालाई बातावरणमा प्रतिकुल असर नपर्ने गरी नष्ट गर्न स्थानीय प्रदुषण नियन्त्रण समितीलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा

काठमाडौं- विसं १९९० माघ २ गते दिउँसो २:२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी आज २४औँ