एमाओवादीद्वारा नवप्रवेशी कांग्रेस कार्यकर्ताको अपहरण

१३ जेष्ठ २०७०, सोमबार १८:४३ मा प्रकाशित

काठमाडौं, १३ जेठ । आइतबार एमाओवादीबाट नेपाली कांग्रेसमा प्रवेश गरेका रुकुमका एक कार्यकर्तालाई एमाओवादीले अपहरण गरी बेपत्ता बनाएको छ । कांग्रेस केन्द्रिय कार्यालयले प्रेस विज्ञप्तिमार्फत् जनाएअनुसार कांग्रेसमा प्रवेश गरेका जीवन केसीलाई सोमबार विहान एमाओवादीका कार्यकर्ताहरुले अपहरण गरेर बेपत्ता बनाएका हुन् । आइतबार रुकुमको गरायला बेलटापुमामा गगन थापाको प्रमुख आतिथ्यतामा आयोजित आमसभामा एमाओवादीका पूर्व लडाकूहरुसहित केही कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका थिए । सो सभामा एमाओवादीले ढुंगामुढा प्रहार गरी सभा भाँड्ने प्रयत्न गरेको थियो ।
कांग्रेसको सभामा भएको एमाओवादी आक्रमणको नेपाली कांग्रेसले विरोध र भर्त्सना गरेको छ । कांग्रेस पार्टी कार्यालय सचिव चीनकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आमसभा विथोल्न नसकेपछि पराजित मानसिकतामा रहेका एमाओवादीका कार्यकर्ताहरुले कार्यक्रम समाप्तिपछि वासस्थान फर्कन लाग्नु भएका केन्द्रीय सदस्य थापा लगायत जिल्ला स्तरीय नेताहरुलाई लक्षित गरी उहाँहरु चढनुभएको गाडीमाथि समेत ढुंगा प्रहार गरेका थिए, यति मात्र नभई आइतबार राति नै गरायला गाविसका नेपाली कांग्रेसका कार्यकर्ताहरुको घर घरमा एमाओवादी प्रवेश गरी कांग्रेस कार्यकर्ताहरुलाई कुटपिट गरेको छ, हामी यस कायरतापूर्ण आक्रमणको निन्दा गर्दछौँ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको नियोकोभ कोरोना भाइरसबारे थप अध्ययन आवश्यक रहेको बताएको छ। चीनका अनुसन्धानकर्ताहरुले दक्षिण

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

आजको प्रमुख समाचार