सुशीलको चित्त दुखेपछि ‘उच्च संयन्त्र’को बैठक अलपत्र

१३ जेष्ठ २०७०, सोमबार १४:१३ मा प्रकाशित

काठमाडौं, १३ जेठ । नयाँ बानेश्वरस्थित विशेष समितिको कार्यालयमा आज बस्ने भनिएको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक आयोजना नभई स्थगित भएको छ । कांग्रेस सभापति सुशील कोइरालाको अनुपस्थितिका कारण बैठक बस्न नसकेको बुझिएको छ । संयन्त्रमा रहेको एनेकपा माओवादी, एमाले तथा मधेसी मोर्चाका नेताहरु समयमै बैठकस्थल पुगे पनि कोइराला खबरै नगरी पार्टी कार्यक्रमका लागि भन्दै सोमबार बिहानै बन्दिपुर (तनहुँ)तिर लागेका छन् । 
दलहरुबीचको सबै विवाद आजकै बैठकबाट मिलाएर तत्काल चुनावको मिति तोक्ने वातावरण मिलाउने भनी दलहरुबीच आइतबार नै सहमति भएको थियो । यस हिसाबमा आजको बैठक महत्वपूर्ण थियो । तर, कोइरालाको अनुपस्थितिले यस प्रक्रियामा अब ढिलाई हुने भएको छ ।
बताइएअनुसार कोइरालाले जानाजान यसरी बैठकको प्रक्रिया अवरुद्ध गराइदिएका हुन् । पछिल्लो राजनीतिक घटनाक्रमसँग सन्तुष्ट नरहेका कोइराला रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्छ भनी आफूले दिएको अभिव्यक्तिको आफ्नै उपसभापति रामचन्द्र पौडेलले घोर विरोध जनाएपछि रुष्ट बनेका थिए, यसै कारण उनी उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक छलेर बन्दिपुर हिँडेका कोइरालानिकट एक कांग्रेस कार्यकर्ताले बताए ।
शनिबार इलामको एक सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले चुनाव सुनिश्चित गर्न रेग्मीले प्रधानन्याधीशको पदबाट राजीनामा दिनुपर्ने बताएका थिए । पछिल्ला राजनीतिक घटनाक्रमहरु र विशेषतः रेग्मी र लोकमानसिंह कार्कीको नियुक्तिसँग कोइराला सन्तुष्ट नरहेको बुझिएको छ । ती विषयहरुमा आफ्नै पार्टीका मुख्य नेताहरुमाझ र संयन्त्रमा पनि एक्लै पर्दै जाँदा कोइरालाको खिन्नता गहिरिएको विश्लेषकहरुको धारणा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भन्नेलाई सर्वोच्च अदालत जान सुझाव दिएका छन् । सोमबार नारी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन्

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्