बुद्ध मूर्ति स्थापनाको विवादले सुर्खेत अशान्त

१३ जेष्ठ २०७०, सोमबार १३:५४ मा प्रकाशित

काठमाडौं, १३ जेठ । आइतबारदेखि आह्वान गरिएको सुर्खेत बन्दले जनजीवन प्रभावित बन्न पुगेको छ । सुर्खेतको लाटिकोइलीस्थित काँक्रेबिहारमा बौद्धको मूर्ति प्रतिस्थापन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरी दमन गरेको विरोधमा आइतबारदेखि अनिश्चितकालीन सुर्खेत बन्दको आह्वान गरिएको हो । जिल्ला प्रशासनसँग अनुमति नलिएर बौद्धको मूर्ति प्रतिस्थापन गर्न लाग्दा रोकिएपछि शनिबार स्थानीय वासिन्दा र प्रहरी बीच झडप भएको थियो । बन्दका कारण यातायात र बजार ठप्प भएको बताइएको छ ।
बन्दकर्ताले काँक्रेविहारमा बुद्धको मूर्ति राख्न पाउनु पर्ने, प्रहरीले ल्याएको मूर्ति काँक्रेविहारमै लगेर राख्नु पर्ने र बन्द का क्रममा आइतबार समातिएका ३ जनालाई रिहाई गर्नु पर्ने माग राखेका छन् । जिल्ला प्रशासन, जिल्ला वन, पुरात्व विभाग लगायत निकायबाट सहमति नलिई बुद्ध को मूर्ति काँक्रेविहारस्थित भग्नावशेष नजिकै प्रतिस्थापन गर्न खोजिएको कार्यलाई रोक्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको बताइन्छ । बौद्ध गुम्बा संरक्षण समितिका अध्यक्ष पञ्चसिंह रोकाय खाम्पाले बुद्ध को मूर्ति प्रतिस्थापना गर्न लाग्दा दमन भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस