डाइभर्सन भत्किएपछि हजारौँ यात्रु अलपत्र

१३ जेष्ठ २०७०, सोमबार १०:१५ मा प्रकाशित

काठमाडौं, १३ जेठ । पूर्व-पश्चिम (महेन्द्र) राजमार्गको कावासोती-नारायणगढ सडकखण्ड अन्तर्गतको लोकाहा खोलाको डाइभर्सन बाढीले बगाउँदा यातायात सेवा ठप्प भएको छ । लोकाहा खोलाको डाइभर्सन यो सिजनमा मात्रै चौथोकपट बाढीले बगाएको हो । लगातार परेको बर्षाका कारण सोमबार बिहान सडकको डाईभर्सन डाइभर्सन भत्किएपछि राजमार्गमा सवारीको लाईन लागेको छ भने हजारौ यात्रुहरु अलपत्र परेका छन्। गत शनिबार राती पनि डाइभर्सन बगाएपछि करिब १० घन्टा यातायात अवरुद्ध भएको थियो । आइतबार १ बजेबाट पुनस् एकतर्फि सडक सञ्चालनमा आएपनि गएराती परेको पानीले चौथोपटक डाइभर्सन बगाएको बताइएको छ ।
खोलामा पानीको बहाव धेरै भएकाले पुन डाइभर्सनको मर्मत गर्न खोलामा पानीको बहाव कम हुन्जेलसम्म पर्खनै पर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

लण्डन । विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका

काठमाडौं । ललितपुर महानगरपालिकामा भेरोसेल खोपको अभाव भएको छ । नेपाल सरकारबाट भेरोसेल खोप उपलब्ध नभएका कारण माघ १४, १६

काठमाडौँ । गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही