ठग ट्याक्सीलाई अब एसएमएसमार्फत् कारबाही !

१३ जेष्ठ २०७०, सोमबार १०:०४ मा प्रकाशित

काठमाडौं, १३ जेठ । तपाईंलाई ट्याक्सीले ठगिरहेका त छैनन् ? यस्तो आशंका लागे अब तुरुन्तै एसएमएस गरी ट्राफिक प्रहरीलाई जानकारी गराउन सक्नुहुनेछ । ट्याक्सीमा ठगीको गुनासो बढेपछि ट्राफिक प्रहरीले एसएमएसबाट भाडा जानकारी दिने व्यवस्था थालेको हो । 
महानगरीय ट्राफिक प्रहरीले ‘एसएमएसबाट गुणस्तर तथा नापतौल विभागले तोकेको भाडा थाहा पाउन सकिने’ व्यवस्थाबारे जानकारी गराएको छ । यसका लागि अंग्रेजीमा ‘taxirate’ लेखेर स्पेस दिने, त्यसपछि चढेको स्थान तय गरी ओर्लेर स्थान लेख्ने र ४३२१ मा एसएमएस गर्नुपर्नेछ ।
महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्यालका अनुसार एसएमएसमा विभागले तोकेको ६ सय १२ स्थानको भाडा समावेश गरिएको छ । यदि कुनै गुनासो भए ‘taxi’ लेखेर स्पेस दिने र गुनासा ४३२१ मा एसएमएस गरे ट्राफिक प्रहरीले आवश्यक छानबिन गर्नेछ ।
महाशाखा प्रमुख अर्यालले पछिल्लो ६ महिनामा ठगी गर्ने १ हजार ४ सय २४ ट्याक्सी कारबाहीमा परेका र ३६ ओटा मिटर जफत गरिएको जानकारी दिए । अत्यधिक गतिमा चलाउने ४ हजार २ सय ९७ सवारीलाई कारबाही गरिएको पनि ट्राफिकले जनाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकका लाइसेन्स अनिवार्य प्वाल पार्ने, फुटपाथ अतिक्रमणविरुद्ध अभियान, सवारी साधनको अत्यधिक गति नियन्त्रण अभियान, ट्याक्सीको मिटर बिगारी चलाउने तथा मिटरमा जान नमान्ने ट्याक्सीलाई तत्काल कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै, ढोका खुल्ला राखी सवारी साधन चलाउने चालकलाई कडा कारबाही गर्ने, सादा पोशाकमा ट्राफिक प्रहरी खटाई ट्राफिक नियम उल्लंघन गर्नेउपर कारबाही, सडकछेउ वर्कसप सञ्चालन गरी आवागमनमा बाधा पु¥याउनेउपर कारबाहीजस्ता अभियान सञ्चालन गरिएको छ । तीन वर्षे सवारी दुर्घटना विश्लेषण सम्बन्धमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको तथ्यांक विश्लेषण गर्दा १६.५ प्रतिशतले कमी आएको जानकारी गराइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी