महतोको आन्दोलन ‘वीर’मा विसर्जन ! गोली चलाएर आन्दोलनको दमन गरेको आरोप

१३ जेष्ठ २०७०, सोमबार ०९:४६ मा प्रकाशित

काठमाडौं, १३ जेठ । सदभावना पार्टीले गत वैशाख १९ देखि सुरु गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । सरकारले वार्तामार्फत् समस्या समाधान गर्ने प्रतिवद्धता देखाएपछि आन्दोलन फिर्ता लिइएको सो पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् । आन्दोलन फिर्ता लिएसँगै पार्टी अध्यक्ष राजेन्द्र महतोको आमरण अनसन पनि रोकिएको छ । अनसनका क्रममा गम्भीर रुपले अस्वस्थ बनेका महतोको यतिबेला बीर अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच आफ्नो शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले गोली चलाएर दमन गरेको जनाएको छ । सो पार्टीद्वारा निर्वाचनको मिति घोषणा, निर्वाचन क्षेत्र पुनः निर्धारण आयोग गठन, मधेशका सशस्त्र समुह÷संगठनसँग गरिएका सम्झौताहरु क्रियान्वयन, मधेशका जिल्लाहरुमा भा.रु. सटही काउन्टरको स्थापना लगायत विभिन्न माग अघि सरेर गत बैशाख १९ गतेदेखि आमरण अनसनलगायतका आन्दोलन कार्यक्रम अघिसारिएको थियो ।
आन्दोलनको क्रममा आइतबार मधेश बन्दको कार्यक्रम राखिएकोमा पछि फिर्ता लिइएको थियो । बन्द कार्यक्रम बिथोल्ने उद्देश्यले सुनसरीको दुहवीमा प्रदर्शनकारीहरुमाथि प्रशासनको आदेशमा प्रहरीले गोली प्रहार गरेको र गोली लागेर सद्भावना यूवा मञ्चका जिल्ला सदस्य विशाल चौधरी, सद्भावना यूवा मंच क्षेत्रिय कार्य समिति, क्षेत्र नं. ३ का सदस्य विजय चौधरी तथा जलिल मियाँ गम्भीर घायल भएको सो पार्टीले जनाएको छ ।
सरकारले आफ्ना न्यायोचित मागहरुलाई सम्बोधन गर्नुको सट्टा सद्भावना पार्टीका कार्यकर्ताहरुमाथि गोली, अश्रु ग्यास र लट्ठी प्रहार गर्ने जस्ता अमानवीय र घृणित कार्य गरेको भन्दै सद्भावनाले एक विज्ञप्तिमार्फत् निन्दा र भत्र्सना गरेको छ । विज्ञपितमा जनाइएअनुसार सुनसरीको दुहवीमा गरिएको दमनका कारण पार्टीका केन्द्रीय सदस्य सुनिता विश्वास लगायत दर्जनौ घायल छन् भने इनरुवामा पार्टी जिल्ला अध्यक्ष देवनारायण यादव, जिल्ला उपाध्यक्ष रघुनाथ मेहत पक्राउ परेका छन् । सर्लाहीमा मधेश रक्षा वाहिनीका जिल्ला प्रमुख राजेश भण्डारीलाई प्रहरीद्वारा मरणासन्न हुने गरी कुटपिट गरी नारायणी उपक्षेत्रिय अस्पताल विरगंजमा भर्ना गराइएको छ । त्यस्तै पर्सा पार्टी जिल्ला अध्यक्ष प्रमोद साह, पार्टी केन्द्रीय सदस्य नेजामुद्दीन समानीलगायत दर्जनौलाई गिरफ्तार गरिएको विज्ञप्तिमा जनाइएको छ ।
गोली चलाउने र आदेश दिने प्रहरीउपर कार्यवाही, घटनाको सत्य–तथ्य छानविन, पिडितलाई स्वास्थ्योपचार एवं क्षतिपुर्ती, पार्टीका गिरफ्तार नेतागणको अविलम्ब रिहाईका साथै पार्टीद्वारा अघिसारिएका माग अविलम्व पूरा गर्न महासचिव मनिषकुमार सुमनद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् माग गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर