रेग्मीलाई कोइरालाको सुझाव- ‘राष्ट्रको लागि त्याग गर’

१२ जेष्ठ २०७०, आईतवार २०:५६ मा प्रकाशित

काठमाडौं, १२ जेठ । आफैले बनाएको रेग्मी सरकारको विरुद्धमा चार राजनीतिक दलको नेतृत्व अनुदार बन्दै गएको अनुभूति गरिन थालिएको छ । यसको पछिल्लो उदाहरणका रुपमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको अभिव्यक्तिलाई लिन सकिन्छ । कांग्रेस सभापति कोइरालाले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशको पद त्याग्न तयार हुनुपर्ने अभिव्यष्क्ति दिएका छन् । आइतबार रिपोर्टर्स क्लवको ज्ञापन पत्र बुझ्दै उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् । नेकपा–माओवादी र मधेसी जनअधिकार फोरम नेपालसहितका प्रमुख पार्टी निर्वाचनमा सहभागी हुन्छन् भने ‘प्रधानन्यायाधीशको पदबाट राजीनामा दिन रेग्मी तयार हुनुपर्ने कोइरालाको धारणा रहेको छ । 
आफुनो नाम प्रधानमन्त्रीका लागि सिफारिस गरिएको अवस्थामा पनि मुलुकले त्याग खोजेकोले निकासका लागि त्यतापटि ध्यान नदिएको प्रसंग कोट्याउँदै सभापति कोइरालाले राष्ट्रको लागि त्याग गर्न उहाँ पनि तयार हुनुपर्ने बताए । एमाओवादीले चुनाव नचाहेको दाबी गर्दै कोइरालाले दलहरुवीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधा अडकाउ फुकाउ उल्टाउन खोज्नु भनेको चुनाव गर्न नचाहने योजना नै रहेको उल्लेख गरे ।
कोइरालाले दलहरुवीच संविधानसभाको संख्या ४९१ हुनेमा सहमति भइसकेकोले त्यसबाट तलमाथि नहुने स्पष्ट पार्दै उनले थ्रेस होल्ड पनि हुनु पर्ने अडान ब्यक्त गरे । कोइरालाले आइतबारको उच्चस्तरीय राजनीतिक समिति र मन्त्रिपरिषद् अध्यक्षवीचको छलफलमा पनि आफूले समस्या समाधान हुन्छ भने रेग्मीले राजीनामा दिन तयार हुनु पर्ने सुझाव दिएको दोहोर्याए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस