राष्ट्रियता खतरामा परेको थापाको दाबी

१२ जेष्ठ २०७०, आईतवार १९:३१ मा प्रकाशित

रासस, काठमाडौं, १२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा संविधानसभाको निर्वाचनको मिति यथासम्भव चाँडो घोषणा गर्न आवश्यक रहेको बताएका छन्। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले नेपाल ल क्याम्पसमा आयोजना गरेको सभालाई सम्बोधन गर्दैउनले दलका शीर्ष नेताहरुबाट मुलुकको सिमानाका विषयमा जनमतसंग्रह गर्नुपर्ने अभिव्यक्ति आउँदा राष्ट्रियता गम्भीर संकटमा परेको बताएका छन्। अध्यक्ष थापाले विगतमा ठूला राजनीतिक दलको अकर्मण्यता, अदूरदर्शीता तथा आत्मसमर्पणवादी चिन्तनले गर्दा देशको राष्ट्रियता अहिले गम्भीर सङ्कटमा परेको उल्लेख गरे। ‘कुनै राजनीतिक दलको शीर्षस्थ नेतृत्वबाट मुलुकको सिमानाका विषयमा जनमत सङ्ग्रह गर्नुपर्ने अभिव्यक्ति आउनु र सम्बन्धित पार्टीले त्यसको खण्डन नगर्नु तथा अन्य पार्टी यो विषयमा मौन बस्नाले मुलुकको राष्ट्रियता कमजोर बनेको हो’, उनले सम्पूर्ण विद्यार्थी शक्ति र राष्ट्रवादी शक्ति यस्ता विषयमा चनाखो हुनुपर्ने उल्लेख गरे। अध्यक्ष थापाले चुनाव सम्पन्न भई त्यसको परिणाम नआउँदासम्म सम्पूर्ण राजनीतिक दलको हैसियत एउटै हुने भएकाले चार दलीय राजनीतिक संयन्त्रलाई तत्काल खारेज गर्नुपर्ने माग गरे। 
पार्टीका केन्द्रीय सदस्य विष्णु भट्टराईले सरकारले मुलुकमा शान्तिसुरक्षा तथा विधिको शासन कायम राख्न नसकेको उल्लेख गर्दै आफ्नो पार्टी देश र जनताको पक्षमा सदैव क्रियाशील रहेकाले निर्वाचनपछि सशक्त पार्टीका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे भने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका अध्यक्ष राजाराम बर्तौलाले आसन्न स्ववियु निर्वाचनमा विभिन्न ४८ जिल्लाका ९३ वटा क्याम्पसमा विद्यार्थीले उम्मेदवारी दिने बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच