शान्ति प्रक्रिया नटुङ्ग्याई संविधान बनाउन सकिदैन: एमाले नेता नेपाल

२४ चैत्र २०६८, शुक्रबार १८:०८ मा प्रकाशित

काठमाडौ, २४ चैत्र । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सेना समायोजन र शान्ति प्रक्रिया टुङ्गोमा नपुर्‍याई बन्ने संविधान लोकतान्त्रिक नहुने बताएका छन् ।

गाविस कर्मचारी सङ्घ नेपालको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले संविधान निर्माणको पूर्व शर्तका रूपमा नै सेना समायोजन र शान्ति प्रक्रिया रहेकाले यो बिना बन्ने संविधान मान्य नहुने बताए ।

चैत ३० गतेसम्ममा शिविर खाली गरी सरकारलाई हस्तान्तरण गर्ने र शिविरका लडाकुलाई उनीहरूको योग्यताअनुसारको पदमा राख्ने निर्णय नेपाली सेनाले गर्ने बताउँदै उनले चैत ३० सम्म यो कार्य सम्पन्न नभए संविधान निर्माण कार्य नै प्रभावित हुने उल्लेख गरे ।

सङ्घीयता र शासकीय स्वरूपका बारेमा दलहरूबीच छलफल भइरहेको बताउँदै नेता नेपालले भने, ‘अबको एक सातामा सङ्घीयतासम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी सेना समायोजनको काम सम्पन्न गर्ने विषयमा छलफल गर्नेछौं।’

सम्पूर्ण जनताको हकअधिकारलाई सम्बोधन गर्ने संविधान निर्माण गर्नेर्छौं भन्दै उनले अब पनि संविधान नबने मुलुक द्वन्द्वमा फस्ने भएकाले लोकतान्त्रिक संविधान निर्माण गर्नुपर्ने बताए ।

उनले स्थानीय सरकारको धारणालाई संविधानमा उल्लेख गर्नुपर्ने बताउँदै स्थानीय निकायअन्तर्गत रहेका जिविस, गाविस र नगरपालिकालाई संवैधानिक हैसियत दिँदै स्थानीय निकायको अधिकार विकेन्द्रीकरणसम्बन्धी नयाँ प्रावधानतर्फ विचार पुर्‍याउनुपर्ने बताए ।

भेलामा गाविस कर्मचारीले निजामती कर्मचारीसरह पारिश्रमिक र सेवासुविधा नपाएको गुनासो गरेका थिए ।

उनीहरूले स्थानीय निकायको आन्तरिक स्रोतबाट पारिश्रमिक पाइरहेको बताउँदै स्थानीय निकायको आन्तरिक स्रोत नभए पारिश्रमिक नै नपाउनेस्थितिको सिर्जना भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा उत्कृष्ट कार्य गरेबापत विष्णु गाविसका नासु राजकुमार थापालाई पुरस्कृत गरियो । नेपालभर ३ हजार ९ सय १५ गाविसमा ३५ हजारभन्दा बढी कर्मचारी छन् । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको