दुर्लभ हुचिल तस्करी गर्नेहरु प्रहरी फन्दामा

१२ जेष्ठ २०७०, आईतवार १९:११ मा प्रकाशित

काठमाडौं, १२ जेठ । दुर्लभ पंक्षी हुचिलको अवैध कारोवार तथा ओसारपसारमा संलग्न रहेका दुई अभियुक्तलाई प्रहरीले गिरफ्तार गरेको छ । धादिङ्ग तसर्पु–६ का रामकुमार अर्याल र लक्ष्मण अर्याललाई प्रहरीले सो अभियोगमा पक्राउ गरेको हो । 
काठमाडौं नरदेवी बस्दै आउका अर्याल दाजुभाइ जिउँदो अवस्थाको हुचिललाई दुई लाखमा बेच्न मोलमोलाई गरिरहेको अवस्थामै महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीद्वारा पक्राउ परेका हुन् । उनीहरुसँग हुचिल खरिद गर्न खोज्ने व्यक्तिलाई पनि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धादिङ जोगीमारा­९ बस्ने २३ बर्षीय विजय थापा मगर र गोरखा घ्याचोक­९ बस्ने १६ बर्षीय सुरज गिरीलाई प्रहरीले लागू औषध गाँजा सानो १ पोका सहित पक्राउ गरेको छ । जोगीमारा–९ स्थित पृथ्बी लोकमार्गमा प्रहरी चौकी जोगीमाराबाट खटीएको टोलीले चेक जांच गर्ने क्रममा निजहरुको साथबाट उक्त गांजा फेला पारी सोधपुछ गर्दा एबेनिघाट­१ मलेखु बजारस्थित पवन होटलबाट खरिद गरि ल्याएको भत्रे बयान दिएपछि उक्त होटलमा प्रहरी टोलीले खानतलासी गर्दा ६ वटा प्याकेटमा अन्दाजी छिपाई राखेको अबस्थामा गाँजा फेला पारी होटलका साहु ३८ बर्षीय प्रकाश क्षेत्रीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा