नेवि संघका नेतामाथि अखिल (क्रान्तिकारी)द्वारा सांघातिक आक्रमण

१२ जेष्ठ २०७०, आईतवार १८:४१ मा प्रकाशित

काठमाडौं, १२ जेठ । आगामी २३ गते हुन गइरहेको स्ववियु निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी संगठनहरु एकापसमा हिंसात्मक रुपमा उत्रन थालेका छन् । यस क्रममा धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका नेविसंघका नेता तथा कार्यकर्तामाथि अनेरास्ववियु (क्रान्तिकारी)ले सांघातिक आक्रमण गरेका छन् । अखिल (क्रान्तिकारी)को आक्रमणबाट नेविसंघका क्याम्पस इकाइ अध्यक्ष चन्द्रसुन्दर खेवाङ्ग र टकेन्द्र राईलगायतका कार्यकर्ता घाईते भएका छन् । 
चुनावी विषयमा उठेको विवाद बढ्दै जाँदा क्रान्तिकारी पक्ष एक्कासी हिंसामा उत्रिएको बताइएको छ । आक्रमणको नेविसंघले विज्ञप्ति जारी गरेर घोर भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरेको छ । विज्ञप्तिमा नेवि संघलेआफ्ना नेता तथा कर्याकर्तालाई अखिल (क्रान्तिकारी)ले सुनियोजित रुपमा सांघातिक आक्रमण गरेको आरोप लगाउँदै भनेको छ, ‘शिक्षा आर्जन गर्ने पवित्र मन्दिर भित्र माओवादी पार्टीको मिलिमोतोमा अखिल (क्रान्तिकारी)का गुण्डाहरुले गरेको निन्दनीय घटनाको तत्काल छानविन गरी दोषीलाई कडा कारवाही गर्नु पर्छ, अन्यथा अखिल (क्रान्तिकारी)का विरुद्ध कडा आन्दोलन गर्ने छौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको