एमाओवादीले झालाई स्थायी समिति सदस्य र हिसिलालाई पार्टी कोषको जिम्मा दिने

१२ जेष्ठ २०७०, आईतवार १८:३१ मा प्रकाशित

काठमाडौं, १२ जेठ । एकीकृत नेकपा माओवादीको केन्द्रिय समितिको बैठक आगामी २५ गतेदेखि बस्ने भएको छ । बैठकको मुख्य एजेण्डा पार्टीका पदाधिकारीहरुको चयन, फेरबदल र नवप्रवेशीहरुको व्यवस्थापन गर्नुका साथै केन्द्रिय समितिलाई विस्तार गरी पूर्णता दिनु रहेको स्रोतले जनाएको छ । 
बताइएअनुसार एमालेलाई लात मारेर हालै एमाओवादी छिरेका रामचन्द्र झालाई स्थायी समिति सद्यस्य र उर्मिला अर्याललाई पनि विशेष जिम्मेवारी प्रदान गर्ने सोच प्रचण्डले बनाएका छन् । नवप्रवेशीलाई राम्रो स्थान दिँदा पार्टीका पुरानाहरु भड्किने सम्भावना रहे पनि उनीहरुलाई जसरी पनि थम्थम्याएर बिरोधमा उत्रन नदिने रणनीति प्रचण्डको रहेको छ । भावी निर्वाचनलाई मध्यनजर गर्दै प्रचण्डले अन्य दलका नेता तथा कार्यकर्ताहरुलाई आफ्नो पार्टीमा यथासक्य भित्र्याउने उद्देश्यले नयाँलाई स्थान दिने र आफ्नाहरुलाई थुम्थुम्याउने राणनीति अख्तियार गर्न लागेको स्रोतको दाबी छ ।
स्मरण रहोस्, एमाओवादी नेतृत्वले एमालेका अन्य कैयन उच्च तहका नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टीमा प्रवेश गर्न लागेका दाबी गर्दै आएको छ ।
एमाओवादीको केन्द्रिय बैठकले हिसिला यमीलाई कोषाध्यक्षको जिम्मेवारी दिने स्रोतले जनायो । हेटौँडा महाधिवेशनका बेला गुट विवादले सचिव र कोषाध्यक्ष चयन हुन सकेको थिएन। बैठकबाट चार सचिव, एक कोषाध्यक्ष र वरिष्ठ पोलिटब्युरो सदस्यलाई स्थायी समितिमा बढुवा गर्ने तयारी छभने पदाधिकारीमध्ये चार सचिवमा कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेललाई बनाउने विषय करिब करिब टुंगो लागिसकेको छ । यस्तै जनार्दन शर्मालाई स्थायी समितिमा लैजाने र सन्तुलन मिलाउन भट्टराई पक्षबाट राम कार्कीलाई पनि स्थायी समितिमा लगिने सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी