ताप्लेजुङमा १७ अमेरिकी लुटिए, चार लुटेरा पक्राउ

१२ जेष्ठ २०७०, आईतवार ११:४६ मा प्रकाशित

रासस, ताप्लेजुङ, १२ जेष्ठ । अध्ययन भ्रमणको सिलसिलामा ताप्लेजुङको याम्फुदिन पुगेर फर्किंदै गरेका १७ जना अमेरिकी नागरिक सदरमुकाम नजिकैको हाङदेवा गाउँ विकास समितिमा लुटिएका छन् । हाङदेवाको आसहाङ पाटीमा वास बसेका बेला गएराति १२ बजेतिर उनीहरू लुटिएका हुन् । प्रहरीले घटनाका शङ्कास्पद चारजना अभियुक्तलाई राति नै पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा हाङदेवा–३ बस्ने १३ वर्षीय रोशन लिम्बू, १६ वर्षीय वीरहाङ मादेन, कुमार श्रेष्ठ, १३ वर्षीय सुरेश मादेन र १४ वर्षीय प्रकाश मादेन रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्दप्रसाद आचार्यले जानकारी दिए ।
उनीहरूले अमेरिकी नागरिकहरूबाट पाँच हजार नेपाली रुपैयाँ, ३०० अमेरिकी डलर, तीनवटा क्यामरा र दुईवटा मोबाइल सेट लुटेको बताइएको छ ।
प्रहरी नायब उपरीक्षक आचार्यले प्रहरी टोली मुचुल्का तयार गर्न घटनास्थलतर्फ गएको र विस्तृत विवरण पछि आउने जानकारी दिए । यो ठाउँ सदरमुकाम फुङलिङबाट करिब एक घण्टाको दूरीमा पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा जेठ १३ गतेबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

काठमाडौं । अभिनेतृ रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा विप्लवसँग भएको